साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैँलाई हानौँ

नाम पुण्य, काम शुन्य गफैमात्र ठुलो, पुरुषोत्तम चाल खत्तम हिँड्दा खुट्टा लुलो , एक टाउके रावण जस्तो रामकुमार पाँडे, बेगारी छन् खायो लड्यो ज्यान भयो ढाडे

Nepal Telecom ad

अनिल पौडेल ‘कीर्ते’ :

कति भनौँ कहानी अरूको कति गाना गाउँ
आफैँलाई हान्न पर्छ सँगै हानौँ आऊ
यौटा तीर उता ताक्दा चार आफूतिर
घ्वाच्च हान्छु सिधै ताकी नमान्नुस् है पीर

ढकलपुरे मुक्का हान्छन् उता हो कि एता
हाब्रे कविहरू हाब्रो च्यात्छन् कस्ले सुन्यो के था
बदरी नामधारी ब्रदर बोल्छन् आवाज घ्यार्र गर्छ
बालचन्द्रको रित्तो टाउको बाल छाम्दै दिन टर्छ

जिताली छन् बबवाला पगाहा लाउँछन् चेस्मा
बिमल निभा के निभाउँछन् यो अँध्यारो देशमा
चक्रे एक, चक्रे दुई, कार्की र दवाडी
चन्द्रकान्त देश अशान्त सोच किन कवाडी ?

धीरेन्द्र छन् नाम एक भका प्रेम रिसी
दुइटा ध्रुव उत्तर दक्षिण साँझमा सँगै सिसी
दुष्यन्तको निहुँ खोज्ने नेउपाने चाल पर्‍यो
कुइँकुइँ गर्ने द्वारिकाको आवाज कता झर्‍यो ?

गोपाल नेपाल अश्लिल बोल्न मैथीलीमा हान्छन्
जैले भन्छन् चिकना हाम्लाई बुझ्दैन झैँ ठान्छन्
गोपे दाजु भन्छन् आफैँ गोक्ते परे मान्छे
हरिकला कलावाली खुराक दिने भान्छे

बहादुर देउबा छँदैछ त नाम फेर शेर
हिम्मत छैन के को हिक्मत फेरेर त हेर
यौटा ठिटो केरा भन्छ, अँठ्या परो मोरो
यसपाली त चट्याङ हैन भेल पैरोले सोरो

नेवटिया भाङचुङ भुटिया, बोडरतिर कुटिया
क्क्द्य ले ढुटिया, तुइनको तार छुटिया, सिमापारी लुटिया
ल्याक्सम्यान दाजै आफैँ नाङ्गे, देश नाङ्गो देख्छन्
त्यै नाङ्गोलाई कोट्याउँदै नाङ्गे गाथा लेख्छन्

नारायण, नरेन्द्र छन् सधैँ घोचिरन्छन्
नरनाथ फित्कौलीका गोली खोजिरन्छन्
पुरानो यो मुलुकमा यौटा नवराज
परिक्षितको प्रेम लिने मनको धोको आज

नाम पुण्य, काम शुन्य गफैमात्र ठुलो
पुरुषोत्तम चाल खत्तम हिँड्दा खुट्टा लुलो
एक टाउके रावण जस्तो रामकुमार पाँडे
बेगारी छन् खायो लड्यो ज्यान भयो ढाडे

जुरोपानी सुरोपानी कर्कटले लाउने
गँगटो झैँ पेटमा दाँत लुकार चपाउने
शैलेन्द्र छन् शैलीवाला जुझारू सिँखडा
पोखिरन्छन् बारम्बार रित्तिँदैन घडा

शैलेन्द्र छन् थापा एक जोश कस्तो खोई
गजल लेख्छन् पठाउँछन् पढ्ने हैन कोही
सोमकान्त सोमरसमा डुबाउँदैछन् मुख
सुमी यौटा सुनाऊ तिमी नसुनेर सुख

लोहोरो बिहिन एक सुरेन्द्र सिलौटा
न छ रस उनको भागमा न त भेट्छन् चौटा
टेकबहादुरको टेक्ने खुट्टो छोटिएर गयो
त्रिलोचनको आँखा अहिले चारओटा भयो

मजगैयाँ चलो छैयाँ तगडा छन् पैयाँ ?
भात मार्सी, हलो आर.सी सुङ्न भेट्यौ भैया ?
कहीँ नभाकी बुढीको साहु डम्बर हकदार
डिल्लीप्रसाद दाँत कोट्याउँछन् मुलतिहुन खार

यी नै हुन् घन ठोक्ने, कुरिती सब रोक्ने
समस्या त ज्यूँ का त्यूँ छन् ए तेरिमा टोक्ने
आफू सधैँ चोखो बनी अरू घोच्ने खाली ?
जे-जे आयो त्यै-त्यै भनेँ रिसाए ठोक्छु ताली ॥

०००
मोरङ
८०/३/२१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x