सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो काठमाडौँ

निर्धा मिले लात दिई पछारौँ ठूला मिले दाँत ङिचिक्क पारौँ सोझा मिले भाषण खूब झारौँ कुर्सीसँगै नाल लगेर गाडौँ । भट्टीभरी मित्र समाज डाकाैँ मोमोसँगै लोकल जाँड राखौँ आफैँ नबुझ्ने कविता फलाकौँ प्रज्ञा प्रतिष्ठान सदस्य ताकौँ ।

Nepal Telecom ad

रमेश खकुरेल :

यो काठमाडौँ सब हात माडौँ
जाडो महीनाभर नाक माडौँ
खेतै नरोपौँ तर धान माडौँ
मौरी नपालौँ मह मात्र काढौँ ।

खोले निली डम्म भुँडी भसारौँ
भुजा भनी शान दिँदै डकारौँ
गुन्द्री बिछाई घर रात काटौँ
चिटिक्क भै बाहिर सूट ठाटौँ ।

कलेजका गेटहरू चहारौँ
कता ठिटी छन् रमिता निहारौँ
सलक्क पारेर कपाल कोरौँ
कर्के गरी नेत्र कटाक्ष जोरौँ ।

टिभीहरू फेसनलागि हेरौँ
कुरा कसैका नसुनौं नटेरौँ
न जाँचमा अक्षर एक कोरौँ
परन्तु हूँ पास भनेर घेरौँ ।

विद्वान सरी बन्न किताब बोकौँ
चुरोट तानौं अनि खूब खोकौँ
कुनै दुई वाक्य रटेर घोकौँ
ज्ञाता हुँ भन्दै अनि ताल ठोकौँ ।

बिहान ढोका छ वटा चहारौँ
कुरा यताका उसतर्फ सारौँ
साख्खै सबैको म भनेर पारौं
जस्तै परोस् हिम्मत नै नहारौँ ।

निर्धा मिले लात दिई पछारौँ
ठूला मिले दाँत ङिचिक्क पारौँ
सोझा मिले भाषण खूब झारौँ
कुर्सीसँगै नाल लगेर गाडौँ ।

भट्टीभरी मित्र समाज डाकाैँ
मोमोसँगै लोकल जाँड राखौँ
आफैँ नबुझ्ने कविता फलाकौँ
प्रज्ञा प्रतिष्ठान सदस्य ताकौँ ।

०००
’उन्नयन’ प्रकाशन, २०५५
‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने