साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइया चम्चा

“यदि नेताले जागिर दिए तपाईं जागिरमा पुग्नुहुन्छ, तब उसको झण्डा कसले समातेर हिँड्छ ?” यो मानसिकता त्याग्नुपर्छ । योग्यता आफैंभित्र खोज्नु पर्छ धुपौरे भएर हिँड्दै धुप हाल्नु मात्रै काम आउँछ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

हुन त चम्चाको खासै काम चै छैन । म त गरीब घरको परे हजुर हातले नै भात खान्छु ।तपाईं नि ? तर चम्चाले खाने चलन बढेकोले आजकल कुनै पार्टी, मरौं भोज वा सरादमा जाँदा पाखे भन्छन् कि भनेर म पनि चम्चाले खान थालेको छु ।

आजकल चम्चा पनि विभिन्न किसिमको आएको छ । कति प्लास्टिकका छन्, कति स्टिलका छन्, कति दाउराको बनाउछन् । जे होस चम्चाको काम थालमा भएको खाना खानु मात्रै छ । थाल बिना चम्चाको कुनै इज्जत छैन । थाल छ र नै चम्चा छ । कुनै वस्तुसित टालेर बस्ने प्राणी परजीवी भनिन्छ । कुनै कुनै वनस्पतिमा लाग्ने लहर पनि परजीवीभित्रै पर्छ ।

अरूको भरमा परेर अन्यलाई खाल्डामा हाल्ने चम्चाको कुरा अलिक नगरेको नै ठीक । यहाँ थाल अनि चम्चाको कुरा गर्दा कसैलाई रिस उठ्छ भने उसको मानसिकताभित्र उब्जेको चम्चागिरीमा जन्म लिएको एउटा कारक तत्व हो, जसले कुनै दिन पनि कसैलाई पनि खाल्डामा लगेर फाल्ने छ ।

ए… म के भन्दै थिएँ । चम्चा नि … । प्लास्टिक चम्चाको कुनै इज्जत छैन । हुनू पनि लुतो लागेको कुकुर जस्तै दुब्लो पातलो त हुन्छ । एक पल्ट प्रयोग हुन्छ त्यसपछि यस्तो फालिन्छ कि लाग्छ पाँच सालमा आएको चुनावी भेलमा परेर फालिएको गाउँले कर्याकर्ता जस्तै कता पुग्छ पुग्छ । तर पनि आफ्नो अस्तित्व खडा राख्नुको लागि भए पनि फोनमा फोन मिलाउला जस्तै गर्छ तर उसको मालिकले कल उठाए पो । फेरि पाँच सालपछि चुनावी भेलमा फेरि सहयोग पाउछु भन्दै नेता खोज्दै पुग्छ तबसम्म ती चम्चाले दल बदलुको काम गरेर अर्को पार्टीमा गएर नयाँ चम्चाको काम गरेको हुन्छ । जसलाई रि-साइकलन भनिन्छ । जो अन्य कारखानामा गएर प्लास्टिकले रूप परिवर्तन गरेको हुन्छ । तर उसको धर्म चै प्लास्टिक नै हुन्छ ।

दाउराको चम्चा पनि देख्नु भएको होला आईस्क्रिममा धेरै प्रयोग हुन्छ । जे होस चम्चा चम्चा नै हो । एक समयमा कुकुरले पुच्छर हलाउँथ्यो आज पुच्छरले कुकुर हलाउँछ । पुच्छर तगडा भएको छ । हुनु पनि हो, जनमानस बिनाको पार्टी नचल्ने चारआना जस्तै हो । जनताले दुई प्रश्न राखे चम्चाले उत्तर दिन्छ, चम्चाको काम थालमा खाना भएसम्म मात्रै हो । जब खाना खतम तब चम्चाको केही काम छैन । तब गाउँमा नै चम्चाले पुच्छर लुकाएर हिँड्नुपर्छ । काठे चम्चा न दाउरा बाल्नु काम आउँछ न पालेर राख्नु नै हुन्छ । तब उसलाई मैला नालामा फाल्नु बाध्य हुन्छ ।

जब जब क्रान्ति हुन्छ तब तब पुच्छरेहरूले मौका छोप्छ । चम्चाको कुरामा कति पल्ट पुच्छरको कुरा गरेको भनेर सोच्नु हुन्छ होला है ? खासमा मलाई चम्चा र पुच्छर एउटै जस्तो लाग्छ । दुवैको कामको तुलना गरे झन्डै एक किसिमको लाग्छ । पुच्छर पनि अरूको भरमा हलिन्छ चम्चा पनि अरूको भरमा नै जीवन बिताउँछ ।

नभए थाल बिनाको चम्चाको के काम छ र ? न खाना थापेर खानु सकिन्छ, न अमृत नै राखेर लानु सकिन्छ । जे होस् महत्वपूणर् चम्चा मध्ये स्टिलको चम्चा अलिक मजबुत हुन्छ । स्टिलको चम्चाको भ्यालु पनि धेरै हुन्छ । यसको डिमान पनि धेरै नै छ । र त घरमा साफ सफाई गरेर धेरै पल्ट प्रयोग गर्नु सकिन्छ । चम्चाले पनि पुलको काम गरेको हुन्छ । जसरी थालबाट उठाएको खाना मुखसम्म पुराउछ, त्यसरी नै चम्चाले जनता अनि नेताको बिचमा पुलको काम गर्छ । म जसको कुरा घरिघरि गरेको छु नि उसलाई गाउँमा ठुटे नेता पनि भनिन्छ । ठुटे मतलब पुच्छर नभएको पशु । यता उता गरेर चम्चासित पुच्छरको मेल भएको रेल जस्तै है ।

चम्चाले खाना मात्रै होइन समय पाए पार्टीलाई लगेर भड्खालोमा जोत्ने काम गर्छ । आफ्नै पार्टीको सुप्रिमोलाई घाट न घरको बनाउँछ । पालेको चोर कुकुर इमानदार भए पनि कुकुरको छेउमा मासु राखेर लु चौकीदार गरिदिनु भने जस्तै हो । मौकाको फेरामा कहिले आफैं कुर्सी ताकेर बसेको हुन्छ ।

चुनावी भेलमा चम्चाको इज्जत अलिक हुन्छ । हुनु पनि हो आज गोरुको दाम बीस हजार, कुकुरको दाम दस हजार छ । यता हेर्नू त मान्छेको दाम दुई पीस मासु, एक गिलास समरस अनि पाँच सय रुपियाँ छ । हामीले पाँच साल फेरि अलिकति लोभमा बेचिदिन्छौं । जब डाईभर नै गाडी हाक्नु नसक्नेलाई सीटमा बसाएपछि गाडी चलेन भनेर गाली गर्ने बगमफुस कुरा गर्दै पाँच सालसम्म फुसफुस कुरा गर्छौं ।

जब जनचेतनाको कमी अनि पैसाको होड चल्छ नि तब योग्य व्यक्ति झिँगा मार्दै बस्छ अनि अयोग्यले शासन गर्छ । तब शिक्षित बेरोजगारीले अनपढको जयजयकार गर्छ । नेताले चाकरी दिन्छ भन्ने मानसिकता बोकेर हिँडेको समाजलाई एउटै कुरा भन्छु “यदि नेताले जागिर दिए तपाईं जागिरमा पुग्नुहुन्छ, तब उसको झण्डा कसले समातेर हिँड्छ ?” यो मानसिकता त्याग्नुपर्छ । योग्यता आफैंभित्र खोज्नु पर्छ धुपौरे भएर हिँड्दै धुप हाल्नु मात्रै काम आउँछ । आज माटो छुने माटो चिन्ने नेता खोज्नु नै पर्छ । चम्चाले खाना पाएपछि उसको धर्म निभाउनु नै पर्छ । उसको काम खाना खानुमा सहयोग गर्नु हो ।

हिजोआज चम्चाले ताली मात्रै ठोक्दैन । पाए भाँडा नै रित्तो पारेर दिन्छ ।
आज डिजिटल युग हो । यो युगामा विभिन्न किसिमको चम्चा भेटिन्छ । कसैले भिडियोको माध्यमबाट कसैको समाचार सुन्छ भने कसैले विभिन्न फेसबुके पेजबाट तारिफका बगफुसे कुरा लेखेर आफ्नो धर्म निर्वाह गर्ने गर्छ । वास्तविकता यही हो । मिडिया सेललाई खर्च दिएर तारिफका पोकोहरू बजारमा फाल्नु लगाउछ ।

हामी तपाईं एउटा इमानदार जनता भएर योग्य जनभावना जग्गामा पुराउने प्रतिनिधि रोज्नु पर्छ । कुन दोकानेले भन्छ मेरो सामान खराब छ भनेर ? एउटा सानो बस्तु किन्दा त हामी बिचार गर्छौं भने पछि देश, राज्य, गाउँ चलाउने डाइभर अरूको लै…लैमा लागेर चेक नगरी पठाउने त ?

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
0
Would love your thoughts, please comment.x
()
x