साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काउसोको सुप

त्यसपछि काउसोले निवेदन लेख्यो । पेस्की पनि फछ्यौट भयो । निर्माण सकियो । काउसोले फेरि मन्त्रीलाई भेटेर भन्यो । - हजुर, अर्को साल सुपले मात्रै पुग्दैन नि हजुरलाई पनि, यसो बजेट थप्नुपर्‍यो !’

Nepal Telecom ad

डा. विदुर चालिसे :

नमूना काम थियो । दाम नमूना थिएन । दाम कामको जब हल्ला चल्यो । ठेकदारले भन्यो ।

– मेरो पेस्की फछ्यौट गरिदिस्यो हजुर !!
– धेरै किचकिच नगर्नुस्, काम गर्नुस् तपाईं !
– म काम गर्न नसक्ने भएँ । म ठेक्का तोडिदिन्छु !
– ठेक्दा लिएपछि त्यसो गर्न मिल्दैन, काम सुरू गर्नोस् !’- मन्त्रीज्यू ! सर्तको पहिलो काम नै यताबाट भएको छैन । म सक्दै सक्दिनँ ।
– ल ल भयो, अहिले जानोस्, हप्ता दिनपछि भेटुँला ।’

ठेकदार त्यहाँबाट रन्थनिएर सचिवको कोठामा पुग्यो । सचिवलाई ठेकदारले फेरि विन्ती गयो ।
– हजुर !, म त यो ठेक्का तोड्छु । पेस्की फछ्र्यौट जसरी नि गरिदिस्यो ।
– किन नसक्ने तपाईं ? भन्नुस् त ।
– सर्तको काम यताबाट भएन, हजुर !

सचिवले आफ्नो अगाडि रहेको फाइल पल्टाए । नक्सा हेरे । कानुन पढे । प्रशासनको सहयोगको पत्र हेरे । बजेट देखाए । वाल्ल परिरहे अनि फेरि ठेकदारले झस्के झैँ गरेर भन्यो ।
-हजुर !, म यो काम गर्दै गर्दिनँ । पेस्की फछ्र्यौट गरी पाउँ ।

त्यसपछि सचिवले उपाय निकालेर ठेकदारलाई निकै नरम स्वरमा भने ।
-बरू काम सुरू नभएसम्म क्षतिपूर्तिको व्यवस्था गरूँला, काम गर्नू । त्यसपछि ठेकदारलाई लाग्यो । क्षतिपूर्ति हुन्छ भने उसले फेरि काम सुरू गर्ने कुरा सोच्यो । सडकमा ठेक्काको विरूद्धमा चर्काचर्का नारा लागेको पनि सुनिरहेको थियो ।

– ठेकदार चोर ठेक्का छोड़- प्रदर्शन निकै तनावमय अवस्थामा थियो । रमितेहरू ताली बजाउँथे । यत्तिकैमा ठेकदारले मन्त्रीको ढोकाको छेउमा पुगेर भन्यो ।
– भोलिदेखि निर्माणको काम सुरू हुन्छ, हजुर ।

तर मन्त्रीकोमा उभिरहेको एकजना मान्छेले निकै उत्तेजित हुँदै ठेकदारलाई लम्किझम्की गर्‍यो । प्वाक्क भनिदियो । -बाटो नबनाउने आफैँ, क्षतिपूर्तिचाहिँ हसुर्ने । लौ त हेरूँ कसरी आफू मात्रै क्षतिपूर्ति हसुर्दो रैछस् !, देख्लास् अब !

त्यो ठेकदार डरले मन्त्रीको कोठामा पुग्यो । मन्त्रीको कोठामा निकै चर्काचर्का आवाज सुनिएको थियो । मन्त्री फकाउँदै थिए ।
– तिमीहरू त आफ्नै मान्छे ! अवरोध नगर न !
उनीहरू त्यसपछि चुपचाप लागे । आफ्नो नजिकै उभिएको सचिवलाई सुनाएर उनले प्रदर्शनकारीलाई सोधे । के खाउँ भन अब ? त्यसपछि सबैले एकै स्वरमा भने ।
– काउसोको सुप ।

सचिवतिर मन्त्रीले आँखा डुलाए । सचिवले आशय बुझिहाले । उनले प्रदर्शनकारीहरूलाई बाहिर पठाए । मन्त्रीको कोठामा निकै समयदेखि चुपचाप उभिरहेको ठेकदार थचक्क बस्यो । थचक्क बसेको ठेकदारलाई मन्त्रीले भनिहाले ।

– हामीले खाएजस्तै रहलपहल सुप छ नि अलिअलि तिनलाई पनि दिनु न ! त्यसपछि काउसोले निवेदन लेख्यो । पेस्की पनि फछ्यौट भयो । निर्माण सकियो । काउसोले फेरि मन्त्रीलाई भेटेर भन्यो ।
– हजुर, अर्को साल सुपले मात्रै पुग्दैन नि हजुरलाई पनि, यसो बजेट थप्नुपर्‍यो !’

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
थाम्पुराे

थाम्पुराे

डा. विदुर चालिसे
कैफियत प्रेम

कैफियत प्रेम

डा. विदुर चालिसे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x