साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम भजन

तत्पश्चात् उनी मत्थर भए । शब्दयुद्धमा जीत हात पर्‍यो भन्दै म मात्तिएँ । उनले खुइय गरे र लामो श्वास लिँदै भनेँ; ‘शक्तिको भजन गाउँदा गाउँदै अनुहार चाउरिएछ तिम्रो । अब भने यसैलाई अन्तिम बनाऊ ।’

Nepal Telecom ad

नन्दलाल आचार्य :

‘तँ लेख्छस् तर आफैँ असन्तोषी छस् ।’ मेरा क्रियाकलापलाई नियालेर नवीनले आफ्नो मनमा भएको गथासो छादिदिए ।

‘आफ्नो नाम कमाउन म लेख्दिनँ । अर्काको मन राख्न लेख्छु ।’ मैले पनि उनका सामु आफ्नो मन बगाइदिएँ ।

उनी आफ्नै जिद्दीमा थिए । म आफ्नै अडानमा अडिग भएँ । उनले मलाई शक्तिको पुच्छर सम्झे । मैले शक्तिको अनुयायी स्विकारेँ । उनले मलाई शक्तिले बनाएको फोहोर सफा गर्ने मजदुर सम्झे । मैले सबैले सफा हुनु र बन्नुपर्ने अडान राखेँ । उनले मलाई शक्तिको चम्चा भनी दर्जा दिए । मैले डाडुपैँन्यु समेत हुँ भनिदिएँ ।

‘तिम्रो हातगोडा तिम्रो साथमा छैन ।’ उनले कडा स्वरमा कराए ।

मैले भनेँ; ‘वैयक्तिक स्वार्थसिद्धका निम्ति मसँग ‘म’ नै छैन ।’

तत्पश्चात् उनी मत्थर भए । शब्दयुद्धमा जीत हात पर्‍यो भन्दै म मात्तिएँ । उनले खुइय गरे र लामो श्वास लिँदै भनेँ; ‘शक्तिको भजन गाउँदा गाउँदै अनुहार चाउरिएछ तिम्रो । अब भने यसैलाई अन्तिम बनाऊ ।’

०००
२०८०।०२।२१
सिर्जनाकुटी, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x