साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैंसी उपहार र हाम्रो खुसी

नेताहरू पनि काम नपाएर त्यत्तिकै बसेका छन् अब भैँसी मन्त्रालय खुल्छ कोही भैँसी मन्त्री हुन्छन् कोही भैँसी राज्यमन्त्री त कोही भैँसी सहायक राज्यमन्त्री हुन्छन् कार्यकर्ताहरूले पनि एउटा-एउटा जिम्मेवारी पाउँछन्

Nepal Telecom ad

आर.आर. चौलागाईं :

म आज धेरै खुसी छु
किनभने मेराे देशले
भैँसी उपहार पाएको छ ।

दिनेले पनि हामीलाई
ठूलो गुन लगाएको छ
पाउनेले पनि ठूलो उपलब्धि हासिल गरेको छ ।

युवाहरू पनि अब विदेश जानु पर्दैन
भैँसीको स्याहारमा जुट्छन्
सबैले काम पाउँछन्
कोही भैँसी चराउन जान्छन्
कोही गोबर सोहर्छन्
कोही कुँडोपानी पकाउँछन्
कोही भुसा काट्छन्
कोही दूध दुहुन्छन्
कोही बेच्न जान्छन्
कोही हिसाबकिताब राख्छन्
अब कोही पनि बेरोजगार हुँदैनन् ।

नेताहरू पनि काम नपाएर त्यत्तिकै बसेका छन्
अब भैँसी मन्त्रालय खुल्छ
कोही भैँसी मन्त्री हुन्छन्
कोही भैँसी राज्यमन्त्री त
कोही भैँसी सहायक राज्यमन्त्री हुन्छन्
कार्यकर्ताहरूले पनि एउटा-एउटा जिम्मेवारी पाउँछन्
कोही मन्त्रीहरूका गाडी चलाउँछन्
कोही मन्त्रीहरूका निजी सचिव
कोही अङ्गरक्षक
कोही ब्याग बोक्ने
कोही लुगा लाइदिने
कोही जुत्ता लाइदिने
कोही माला बोक्ने
कोही कुरा लाउने
कोही जीउ मालिस गर्ने
कोही खाना पकाउने
कोही भाँडा माझ्ने
कोही लुगा धुने
कोही घर सफा गर्ने
कोही मन्त्रीका स्वास्नी र सालीहरूको खातिरदारी गर्ने
थुप्रै कार्यकर्ता मन्त्रीहरूका सेवाका लागि भर्ना हुन्छन् ।

भैँसीको गोबरले कृषि उत्पादन बढ्ने छ
हामीले बाहिरबाट मल आयात गर्नुपर्दैन
हाम्रो पैसा बच्छ
भैँसीको दूध विदेशी राष्ट्रहरूमा निर्यात हुन्छ
दूधबाट बन्ने विभिन्न परिकारहरू
दही, मोही, नौनी, घिउ, चिज पनि निर्यात हुन्छन्
भैँसीका छाला, खुर, भुत्ला र हाडखोर पनि निर्यात हुन्छन्
देशले विदेशबाट थुप्रै धनराशी आर्जन गर्ने छ
देश सम्पन्न हुने छ
अनि हाम्रो देश विकसित राष्ट्रहरूको हाराहारीमा पुग्ने छ
हाम्रो इज्जत ह्वात्तै बढ्ने छ
हाम्रो शान अर्कै हुने छ
हाम्रो मान अर्कै हुने छ
जय दाता !
जय भैँसी !
जय देश !
सबैको जय ! जय !! जय !!!

०००
२०८० जेठ २१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x