साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कनकाई प्रतिभा प्रतिष्ठानलाई रू. दुई लाख प्रदान

ओली स्मृति पुरस्कार कोष’ स्थापनाका निमित्त स्वर्गीय मनोजबाबुका पिता अनिरुद्र ओली तथा नन्दा ओलीले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।

Nepal Telecom ad

झापा, ०८० जेठ २० । कनकाई नगरपालिका ३ स्थित कनकाई प्रतिभा प्रतिष्ठानलाई आफ्नो छोरा मनोजबाबु (लक्ष्मीप्रसाद) ओलीको स्मृतिमा ‘श्री कनकाई प्रतिभा प्रतिष्ठान मनोजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कार कोष’ स्थापनाका निमित्त स्वर्गीय मनोजबाबुका पिता अनिरुद्र ओली तथा नन्दा ओलीले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।

कनकाई मावि सुरुङ्गाको प्राङ्गणमा एक विशेष कार्यक्रमका बीच शनिबार प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीलाई ‘स्मृति पुरस्कार कोष’ दाता अनिरुद्र ओली, नन्दा ओली तथा ओली परिवारले अक्षयकोषको खातामा रु. दुई लाख रुपैयाँ जम्मा गरेको भौचर हस्तान्तरण गर्नुभएको हो ।

विक्रम संवत् २०४५ असार २५ गते तेह्रथुमको आठराई होडामा अनिरुद्र र नन्दा ओलीको कोखबाट ६ दिदीहरूपछि कान्छा सन्तानको रुपमा जन्म लिई सपरिवार झापाको कनकाई नगरपालिका १ मा बस्दै आउनु भएका मनोजबाबु ओलीको २०७८ जेठ ११ गते कोरोना महामारीको कारण अल्पायुमै निधन भएको थियो ।

मनोजको निधन पश्चात् भावविह्वल बनेको ओली परिवारले यसअघि मनोजको आत्मा शान्तिको कामनासँगै शोकलाई शक्तिमा परिणत गर्दै नारायण गोपाल प्रतिष्ठान बिर्तामोडलाई मनोजको स्मृतिमा कोष स्थापनाका लागि ३ लाख ५१ हजार हस्तान्तरण गरिसक्नु भएको छ ।

संस्थाका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षता साथै रुद्र गौरी तथा अम्बिका ओली स्मृति प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सो क्षेत्रका अग्रज साहित्यकार साथै कनकाई प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्ष कोमलप्रसाद पोखरेल, साहित्य तथा संगीतप्रेमी देवीभक्त श्रेष्ठ, हस्त परियार, राजेन्द्र संग्रौला, पुण्य बराल, गोपाल संग्रौला, विश्वनाथ सिंह राजवंशी, दुर्गाप्रसाद सिग्देल, कणर् डाँगी, बालकृष्ण सिटौला, राजु ओली, तुलसीप्रसाद भट्टराई, नारद न्यौपाने, शारदा ओली, चन्द्र प्रसाईं, जनार्दन उप्रेती लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा विश्वसिंह राजवंशी, देवीभक्त श्रेष्ठ लगायतले मन्तव्य राख्दै पुरस्कार कोषदातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने दाताको तर्फबाट अनिरुद्र ओलीले आफ्ना भावना व्यक्त गर्दै प्रत्येक वर्ष यस कोषबाट १५ हजार बराबरको पुरस्कार वितरण गरिने सहमति भएको बताउनुभयो ।

कार्यक्रमको दोस्रो चरणमा प्रतिष्ठानको मासिक साहित्य गोष्ठीसमेत गरिएको थियो । समितिका अध्यक्ष निर्मलकुमार खतिवडाको अध्यक्षतामा भएको गोष्ठीमा दुई दर्जन भन्दा बढी साहित्यकार, श्रष्टा सर्जकले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको सो कार्यक्रममा पहिलो चरणको सञ्चालन प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपानेले गर्नुभएको थियो भने मासिक साहित्य गोष्ठीको सञ्चालन गोष्ठी सञ्चालन समितिका सचिव दिनेश तिम्सिनाले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x