साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छर

मानव सभ्यतामा जब विकाशको खुड्किला तर्दै थिए नि तब मान्छेको पनि पुच्छर थियो रे ... हाम्रो डार्विन सरका विकासवादीको सिद्धान्तले भन्छ । तब कसरी पुच्छर हरायो त ?

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

पुच्छर लुकाएर हिँड्नु भनेको डराउनु कदापि होइन । पुच्छर उसले लुकाउँछ जसको पुच्छर हुन्छ । पुच्छर नहुने भनेको त लिडे हो । जसको छ उसले लुकाउँछ जसको छैन ऊ चुपचाप हिँडेको बेस ।

गाईको पुच्छर समातेर गरूड पुराणको वैतरनी नदी तर्नु सजिलो छैन ।
पुच्छर हुनु भनेको गर्वको कुरा हो । पुच्छर हुँदै नहुनू भनेको एउटा नाक बुच्चे भएको नाक जस्तै हो । जसकोमा छ उसले पुच्छर राख्छ जसमा छैन उसले पुच्छर नराखेको ठिक ।

मानव सभ्यतामा जब विकाशको खुड्किला तर्दै थिए नि तब मान्छेको पनि पुच्छर थियो रे … हाम्रो डार्विन सरका विकासवादीको सिद्धान्तले भन्छ । तब कसरी पुच्छर हरायो त ? जब कुनै अंगको प्रयोग हुँदैन तब बिस्तारै त्यो अंग शरीरबाट विलुप्त हुन्छ भनेर पनि हाम्रो सरले भनी सक्नु भएको छ ।

तब आज सभ्यताको यस्तो चरम युगमा पनि हामी कति दिन अरूको इसारामा पुच्छर भएर हिँड्नु । हामी कहिले मालिक भएर पुच्छर हलाउनु…. कति दिन हाम्रो आफ्नै गाउँमा आफ्नै ठाउँमा दासत्व स्वीकार्नु । हामी कहिलेसम्म खाडी र माडीमा बस्नु । हामी कहिले सिङ्गो शरीर भएर रोजगार सृजना गर्ने….

पुच्छर समाउने समय कदापि थिएन । पुच्छर समातेर हाम्रो भाव सागर पार लाग्दैन । दन्त कथा कदापि थिएन हाम्रो मुद्दा ।

पुच्छरेहरूको फेरामा परेर कतै हामी पनि पुच्छर त भएको छैनौं ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x