साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ गर्ने थलो

युवाहरूलाई हामीले पठाएका होइनौँ नि उनीहरू उच्च अध्ययन गर्न आफैं गएका हुन् । विदेशीले गरेको अतिक्रमणको बारेमा हामीलाई जानकारी नै छैन ।- मन्त्रीले सबैतिर हेर्दै भने।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

हामी यो देशको रक्षक हौं ! देशको रक्षा गर्ने जिम्मा आदरणीय जनताले हामीलाई दिएका छन् ।- मन्त्री डामाडोलले संसदलाई स म्बाेधन गर्दै भने ।अधिकांशले टररर ताली पिटेर समर्थन जनाए ।

सर इजराइलमा हाम्रा युवाहरू कयौँ मारिएका छन् कयौँको ज्यान् जोखिममा परेको छ ।- एकजना सांसदले सवाल उठाए ।

थाहा छ मरेकाहरूलाई दश दश लाख सहयोग गर्ने र जीवितहरूलाई उद्धार गर्ने निर्णय हाम्रो मन्त्री मण्डलले गरिसकेको छ।- मन्त्रीले बैठकको विवरण बताउँदै भने ।

“सर ! विदेशीले गरेको अतिक्रमणबाट देश जोगाउँने उपाय गर्नुपर्यो । विदेश जानै नपर्ने तत्काल कुनै योजना सरकारले बनाउँनुपर्यो।- चिन्तनले उठेर सुझाव दियो।

युवाहरूलाई हामीले पठाएका होइनौँ नि उनीहरू उच्च अध्ययन गर्न आफैं गएका हुन् । विदेशीले गरेको अतिक्रमणको बारेमा हामीलाई जानकारी नै छैन ।- मन्त्रीले सबैतिर हेर्दै भने।
फेरि सदनमा टररर ताली बज्यो।

यो सदन त साँच्चिकै गफ गर्ने थलो नै रहेछ।- चिन्तनले सुस्तरी भन्यो।’

०००
दाङ घोराही १८,
२५ असाेज २०२८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x