साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिमाली पुकार !!

कृष्ण काले नक्कले ग्वाला बनेन यशोदा र नन्दनलाई साथ दिएन । मान्छे खाँचो भो हामो माटो बाँझो भो पल्टाइदिउँ कि सत्ता यो हाम्लाई भाँजो भो ।

Nepal Telecom ad

कृष्णदेव रिमाल :

महादेव शम्भो हे पशुपतिनाथ !!
मेची काली डुलेर खोजेँ तिम्रो साथ ।।१

शम्भु पुगे सिड्नी गौरी साथै लिएर
आमा रुन्छिन्न् धर्धरी मुख छोपेर ।२

बाबु पनि कोक्किए छाँद हालेर
हाम्रो लाश कल्ले लाला काँध हालेर ?? ३ ।।

छेक न पहाड पर्वत छेक तराई
छोराछोरी भाग्दैछन् बन्दै पराई ।।४

गणेश गए जापान लगे रिद्धिसिद्धि
दु:ख गर्दै कमाको भयो विनासित्ति।।५

विष्णु पुगे ब्रिटेनमा लक्ष्मी लिएर
भोक लाग्दा बसौं अब मुख सिएर ।।६

जननी र यो भूमि स्वर्गभन्दा ठुलो
भन्न छाडे रामले देशै पर्‍यो दुलो ।।७

कृष्ण काले नक्कले ग्वाला बनेन
यशोदा र नन्दनलाई साथ दिएन ।८

मान्छे खाँचो भो हामो माटो बाँझो भो
पल्टाइदिउँ कि सत्ता यो हाम्लाई भाँजो भो ।९।

सिड्नीका शम्भु गौरी फर्की आऊ न
सुन फल्ने देश त्यागी अन्त नजाऊ न ।।१०

एकदन्ते फर्क हे रिद्धिसिद्धि फर्क
स्वदेशमा फर्क प्यारा रोयो तिम्रो खर्क ।।११

हाम्रा विष्णु लक्ष्मी हे सह बोकी आऊ
सगरमाथा सम्झिएर एउटा गीत गाऊ ।।१२ ।

तिर्सनाको शहर त्यागी यही काखमा आऊ
बासी बर्गर बिर्सिदेऊ ढिंडो रोटी खाऊ ।।१३

दशैंमा नि आएनौ मालश्री नि गाएनौ ।
तिहार भो उराठ भैलो खेलेनौ ।।१४ ।।

छोराछोरी नेपालमै फर्की आऊ न ।
फेरि पनि देशभर तिमी छाऊ न ।१५ ।।

०००
नुवाकाेट, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x