साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अटेरी हात

मैले सोधें - ‘के बर्बाद गर्‍यो, भन न ।’ अरु के गर्नु थियो र यो यथास्थितिवादी अटेरी हातले, हत्तपत्त उही पुरानै चिन्हमा पो छाप लगाइदियो यार, भएन बर्बाद ?’

Nepal Telecom ad

विनोद नेपाल :

मतदान गरिसकेपछि मतदानस्थलबाट बाहिर आएर ऊ टोलायो ।

म आश्चर्यमा परेँ, सोधेँ, ‘किन टोलायौ, के भयो ?’

उसले जवाफ दिएन बरू उसको अनुहार एकदमै अनौठो र अस्वाभाविक देखियो ।

मैले सोधेँ, ‘किन, के भो भन न, म केही सहयोग गर्न सक्छु कि ?’

उसले चर्को आवाजमा भन्यो ‘तिमीले केही सहयोग गर्न सक्दैनौ यसमा ,बुझ्यौ ?’

‘किन ?’- मैले सोधें ।

उसले आफ्नो दायाँ हात भुइँमा जोडले बजार्दै भन्यो ‘हेर न, यसरी भएन अब मत परिवर्तन गर्नुपर्छ भन्दै मतदान स्थलमा पुगेको थिएँ, जब स्वस्तिक छाप हातमा लिएँ तब यो साला हातले …’

ऊ बोल्दाबोल्दै रोकियो ।

मैले सोधें ‘भन न के गर्‍यो त्यो हातले ?’

उसले भन्यो – ‘बर्बाद गर्‍यो नि बर्बाद यार ।’

मैले सोधें – ‘के बर्बाद गर्‍यो, भन न ।’

उसले भन्यो, ‘अरु के गर्नु थियो र यो यथास्थितिवादी अटेरी हातले, हत्तपत्त उही पुरानै चिन्हमा पो छाप लगाइदियो यार, भएन बर्बाद ?’

०००
पाल्पा, हाल -काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
0
Would love your thoughts, please comment.x
()
x