साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मानित आदेश

भ्यान एउटा ठुलो गेट भित्र पस्यो र रोकियो । चारैतिर सुरक्षाकर्मी तैनाथ थिए । अभिवादनमा कसैको हात उठेनन् । ऊ झसङ्ग झस्कियो ।

Nepal Telecom ad

किशन पौडेल :

आफ्नै घरभित्रबाट मालिकको कठालो समातेर तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो – “थुक्क ! बेमान !! यत्रो विलासी घर बनाइस् इमानको जग नै रहेन छ, जा अब कालो मुख लगाएर ।”

उसले बगलीबाट सेतो रुमाल झिकेर आफ्नो मुख छोप्यो र लुरुक्क प्रहरीको भ्यान भित्र पस्यो । भ्यानको कालो सिसामा हेर्‍यो । अनुहारमा कालो पोतिएको देख्यो ।
उसको अन्तर मनले भन्यो – “थुक्क ! तेरो बुद्धि,
यत्रो अकुत थुप्रो लागेकै थियो, लोभले गर्दा जात फालिस् गहतको झोलमा ।”

नमिठो साइरन बजाउँदै भ्यान दौडियो । उसको कानले यति नजिकैबाट यस्तो कर्कश आवाज कहिल्यै सुनेको थिएन ।

भ्यान एउटा ठुलो गेट भित्र पस्यो र रोकियो । चारैतिर सुरक्षाकर्मी तैनाथ थिए । अभिवादनमा कसैको हात उठेनन् । ऊ झसङ्ग झस्कियो । टाउको निहुराउँदै ओर्लियो । भुइँको खुट्टाले उसको टाउको तर्फ हेर्दै भन्यो –
“खै रातो कार्पेट ? – थुक्क ! तेरो स्वाभिमान !!”

सुरक्षाकर्मीहरूले पाखुरा समातेर भित्र लगे
र कुर्सीमा राखेर केरकार गर्दै भने – ल अब सबै कालो ओकल्नुस् । ऊ ओकल्दै थियो । घाँटीमा केही अड्केको महसुस गर्‍यो ।

पेटले भन्यो – “थुक्क ! पापी !! नपच्ने गरी के घिचेछ ! घाँटी हेर्नुपर्दैन ?”
अनुसन्धान अधिकारी झोला थापिरहेका थिए । ऊ ओकली रहेको थियो । अकस्मात् अधिकृतको मोबाइलमा घण्टी बज्यो- उताबाट कडा आवाज आयो —
“सम्मानित ठाउँबाट सम्माननीयको आदेश बमोजिम माननीयज्यूलाई सम्मानपूर्वक सेतो कारमा रातो माला लगाएर मूल ढोकामा छोडेर आउनु ।”

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x