साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेमिट्यान्सकी स्वास्नी

बाटोमुनिको ढुङ्गेधारोमा एक्लै नुहाउँदै गरेको देखे भने अध्यक्ष बाजे पनि टोलाउँछन् हैन... चुम्बकले नै बनेकी हो कि क्या हो गाँठे ! किन त फलामहरू पनि सलाम गर्न झुम्मिन्छन् ?

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

चौकीको चङ्खे हवल्दारले पनि हत्ते हाल्छ
भक्तपुरको भैरे गुरुजी पनि भुतुक्कै हुन्छ
हुलाकी हर्के पनि हुरुक्कै गर्छ
मदरसाको मुल्वीले मोबाइलमा रिचार्ज गर्दिन्छ
बोर्डिङ्गको विज्ञान सर पनि बाटो ढुकेर बस्छ र
यसो बात मारौँ न भन्छ
पल्लो गाउँको पुण्डे पण्डित
पुसको जाडोमा पनि
‘पानी ख्वाऊ न पातली…’ भन्दै दलानमै आइपुग्छ
गाउँकै गबुल्ले जेठाजु पनि
कहिले गहतको बीउ सोध्दै त
कहिले तिम्रो गाईले गोरु लियो गायत्री ?’
भन्दै आउँछन्
कसैले रत्यौलीमा ‘बेहुलो’ बन्न बोलाउँछन्
बाटोमुनिको ढुङ्गेधारोमा
एक्लै नुहाउँदै गरेको देखे भने
अध्यक्ष बाजे पनि टोलाउँछन्
हैन… चुम्बकले नै बनेकी हो कि क्या हो गाँठे !
किन त फलामहरू पनि सलाम गर्न झुम्मिन्छन् ?
लौ, हेर..!
लोभहरूकी आहाल पो रहिछ
म्यारिज खेलकी ‘माल’ पो रहिछ-
रेमिट्यान्सकी स्वास्नी त !

०००
पेप्सीकोला, काठमाडौं
२०७१ श्रावण

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x