सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रेमिट्यान्सकी स्वास्नी

बाटोमुनिको ढुङ्गेधारोमा एक्लै नुहाउँदै गरेको देखे भने अध्यक्ष बाजे पनि टोलाउँछन् हैन... चुम्बकले नै बनेकी हो कि क्या हो गाँठे ! किन त फलामहरू पनि सलाम गर्न झुम्मिन्छन् ?

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

चौकीको चङ्खे हवल्दारले पनि हत्ते हाल्छ
भक्तपुरको भैरे गुरुजी पनि भुतुक्कै हुन्छ
हुलाकी हर्के पनि हुरुक्कै गर्छ
मदरसाको मुल्वीले मोबाइलमा रिचार्ज गर्दिन्छ
बोर्डिङ्गको विज्ञान सर पनि बाटो ढुकेर बस्छ र
यसो बात मारौँ न भन्छ
पल्लो गाउँको पुण्डे पण्डित
पुसको जाडोमा पनि
‘पानी ख्वाऊ न पातली…’ भन्दै दलानमै आइपुग्छ
गाउँकै गबुल्ले जेठाजु पनि
कहिले गहतको बीउ सोध्दै त
कहिले तिम्रो गाईले गोरु लियो गायत्री ?’
भन्दै आउँछन्
कसैले रत्यौलीमा ‘बेहुलो’ बन्न बोलाउँछन्
बाटोमुनिको ढुङ्गेधारोमा
एक्लै नुहाउँदै गरेको देखे भने
अध्यक्ष बाजे पनि टोलाउँछन्
हैन… चुम्बकले नै बनेकी हो कि क्या हो गाँठे !
किन त फलामहरू पनि सलाम गर्न झुम्मिन्छन् ?
लौ, हेर..!
लोभहरूकी आहाल पो रहिछ
म्यारिज खेलकी ‘माल’ पो रहिछ-
रेमिट्यान्सकी स्वास्नी त !

०००
पेप्सीकोला, काठमाडौं
२०७१ श्रावण

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
टिमुर्के च्यानलको ठोकदोहोरी

टिमुर्के च्यानलको ठोकदोहोरी

भोजराज रेग्मी ‘मुखाले’
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
ट्वाँ !!!

ट्वाँ !!!

भोजराज रेग्मी ‘मुखाले’
एउटा ऐतिहासिक भद्दा नाटक

एउटा ऐतिहासिक भद्दा नाटक

भोजराज रेग्मी ‘मुखाले’
पुर्पुरोमा पिएचडी

पुर्पुरोमा पिएचडी

भोजराज रेग्मी ‘मुखाले’
भोक : दुई प्रकरण

भोक : दुई प्रकरण

भोजराज रेग्मी ‘मुखाले’
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त