साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मितको कथा

“त्यैँ भेर भन्छु जाँड खा । रक्सी खाएर तँ डर छेरुवा भइस् । केही नभए, भगवानको भरोसा गर । तँ पनि आँखा चिम्ली । डर लाग्दैन ।” जाँड दर्शन छाँड्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

जँड्याहा र रक्स्याहा लँगौटिया मित्र थिए । टिमिक्क बडी र घर उस्तै मिलेका छिमेकी पनि । जँड्याहा गुरुजी र रक्स्याहा खलासी ।

एक रात रक्स्याहा बिरामी पर्यो । उसले फोन गर्यो – “ए जँड्याहा गुरुजी ! घरमै छौ कि कतै मुर्दा ओसारिरा’छौ ?”

“अघि बेल्का सँगै जाँड खाएको हैन ? त्यसपछि मुखमा माड नहाली डङ्रङ लडेको छु । तेरो फोन आ’को भेर मात्रै । अँ के भो ? अझै रात बाँकी छ त, किन फोन गरिस् ?” जँड्याहा गन्थनियो ।

“म धेरै बिरामी छु । एक्लै छु घरमा । मलाई हस्पताल पुगाइदेओ ।” रक्स्याहाले कनेर कुरो चुहायो ।

ल ल भन्दै जँड्याहा आइहाल्यो । एकले अर्कालाई सहारा दिएर एम्बुलेन्समा चढायो । साँझ परेपछि प्रायः गुरुजी एम्बुलेन्सलाई घरैमा ल्याउँथ्यो ।

गाउँबाट अस्पताल पुग्न केही बेर लाग्थ्यो । सडक सुनसान थियो । रात अझै हटेको थिएन सडकबाट । एकपछि अर्को मोड आइरहेको थियो । एम्बुलेन्सले चिर्दै गएको थियो सन्नाटालाई । मोडमा रक्स्याहालाई लागिरहेको थियो कि जँड्याहाले गाडीलाई झार्दिन्छ । उसले डराई डराई सोध्यो –“मोडमा किन उत्ताउलो बनेको ? डर लाग्यो ?”

“डरले म आँखा चिम्लन्छु अनि गाडी सोझो भएपछि आफैँ आँखा खुल्छ ।” छोटो उत्तर दियो ।
“ए बदमास ! आँखा चिम्लेपछि केही भइहाल्यो भने ? तेसो नगर । राम्रोसँग चला, आँखा हेरेर” बिरामी बर्बरायो ।

“त्यैँ भेर भन्छु जाँड खा । रक्सी खाएर तँ डर छेरुवा भइस् । केही नभए, भगवानको भरोसा गर । तँ पनि आँखा चिम्ली । डर लाग्दैन ।” जाँड दर्शन छाँड्यो ।

रक्सीले मात्तिएको जस्तै गरी एउटा गाडी अगाडिबाट सडकमा हल्लिदै आइरहेको देख्यो उसले । र, फेर ओकल्यो –“देखिस्, यो गाडीमा रक्सी लोड गरेको छ । गाडीलाई रक्सी लागेपछि सडकलाई आफ्नै ठान्छ ।”

तुरुन्तै एम्बुलेन्स रोकेर दुवै जना हत्तपत्त ओर्ले । एम्बुलेन्सलाई छुँदै मात्तिएको गाडी अगाडि बढ्यो ।

०००
१४ पुस २०८०
मित्रनगर, गरुडा, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x