साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार छ

धेरै खर्च गरी म डाक्छु जन ती भन्दैछु अर्कै कुरा ढल्दा रूख जरै समेत कसरी के आउला आँकुरा बानी पर्न गएछ है दिनदिनै सामन्त बन्दै गएँ नारा एक थियो परन्तु कसरी आफैँ विलासी भएँ ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

बोली एक परन्तु काम छ अरू यस्तै गरेरै हिँडेँ
हज्जारौ जनता गिँडेँ तर झनै आफै बढी डुक्रिएँ
के के सर्त थिए तथापि सहजै पूरा तुरुन्तै गरेँ
निर्धा ती जनको लुटेर पसिना प्राडो पजेरो चढेँ । १।

ल्याएँ भोट अनेक तिग्डम गरी पाएँ ठुलो त्यो पद
नातेदार तथा सवर्ग जति थे साह्रै भए गद्गद
मात्रै स्वार्थ गरेर पूणर् म बसे यो देश गिर्दै गयो
सोचे झैं नहुँदा छ त्रास अहिले खै के भयो के भयो । २ ।

कस्ता छन् जनता निरीह विचरा वास्ता नगर्ने भएँ
आफ्नो जन्मथलो निकै पर भयो जाँदै नजाने भएँ
साना ती मसिना कुरा त जनका सुन्दै नसुन्ने भएँ
ऐले बल्ल निराश यो मन भयो स्वार्थी म नेता भएँ । ३ ।

धेरै खर्च गरी म डाक्छु जन ती भन्दैछु अर्कै कुरा
ढल्दा रूख जरै समेत कसरी के आउला आँकुरा
बानी पर्न गएछ है दिनदिनै सामन्त बन्दै गएँ
नारा एक थियो परन्तु कसरी आफैँ विलासी भएँ । ४।

आँखा वल्ला खुले विलम्ब हुन गो छन् दुःखमा ती सब
माफीको म कहाँ छु लायक यहाँ को दिन्छ माफी अब
धेरै क्षेत्र सखाप यो मुलुकको चौतर्फ चित्कार छ
गल्तीको फल प्राप्त भो अब बुझेँ नेता म धिक्कार छ । ५ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x