साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदुस

मेरो प्रश्न सुनी भन्यो मदुस यो मान्छे मरे राखिने मर्दा आउन पाइएन घरमा कोही भने राखिने । मुर्दा राख्न भनी बन्यो फ्रिज भन्यो तत्काल थन्क्याउने यस्तो वस्तु बनेछ काज किरिया हामी कहाँ पाउने ॥

Nepal Telecom ad

हृषीकेश बराल :

छैनन् आज यता सबै पर गए छोरा बुहारी सुता
आमा बाबु दुवै अशक्त तनका रोएर बस्छौँ यता ।
छोरीज्वाइँ पि आर माग्न अहिले अस्ट्रेलिया छन् उता
यी मेरा परिवार भन्नु कसरी जम्मै भए लापता ॥१

जेठो नाति अमेरिका छ सुनियो नर्वे छ रे माहिलो
कान्छो चाहिँ पुगेछ पोर्चुगलमा भेट्ने कहाँ पाइलो ।
आऊ फर्क भनेँ सयौं पटकमा बोल्दा सधैं फोनमा
फर्किन्छौँ जहिल्यै भने मिति सर्‍यो धिक्कार हो बोल्नु म ॥२

रोगी वृद्ध भयौँ दुवै नयनमा लाग्दै गयो बादल
फर्केलान् परिवार ईश्वर भजी कुर्छौँ गरी भाकल ।
फर्किन्छौ कहिले म सोध्छु जहिल्यै छोरा बुहारी सुता
भाखा मात्र सरे सयौं मिति टरे बिर्से कि फिर्नै यता ॥३

धेरैपल्ट कराउँदा पनि अझै निस्केन फिर्ने दिन
रोई फोन गरी भनेँ सब कुरा रोगी भएँ बाँच्तिनँ ।
सुन्नासाथ बजारका पसलमा सोधी किने बाकस
ल्यायो बाकस साहुले मदुसझैँ सोधेँ कहाँ काम छ ॥४

मेरो प्रश्न सुनी भन्यो मदुस यो मान्छे मरे राखिने
मर्दा आउन पाइएन घरमा कोही भने राखिने ।
मुर्दा राख्न भनी बन्यो फ्रिज भन्यो तत्काल थन्क्याउने
यस्तो वस्तु बनेछ काज किरिया हामी कहाँ पाउने ॥५

फर्किन्नन् जिउँदा छँदा यदि बुबा आमा हुँदामा घर
भेट्ने आश मर्‍यो भयो बिलहना रोई बस्यौँ धर्धर ।
हो वृद्धाश्रमझैं बन्यो मुलुक यो बुझ्ने छ को शासक
अर्ती मान्न तयार छौ यदि भने ती राहदानी सक ॥६

०००
पोखरा -२६ कास्की 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x