तीर्थराज अधिकारीयसरी फाल्न त पाइँदैन नि
बघिनीको नगिचै पुगेर मलिन स्वरमा भनेछ “डराएको भए डराएँ भने हुन्थ्यो, यसरी फाल्न त पाइँदैन नि…. ।”

तीर्थराज अधिकारी :
चार कोसे जङ्गलको एउटा ओडारमा आफ्ना दुई डमरु सहित बघिनी बस्ती रहिछ। बघिनी सिकार खोज्न बाहिर निस्कँदा एउटा स्याल आएर ती डमरुहरुलाई हप्काउँदो रहेछ। “मेरो मातहतमा रहेको ओडारमा कोसंग सोधेर बस्यौ ? माउलाई भनेर भोलिनै अनेत्र जानु नत्र….।”
बारंबार स्यालको धम्कीले आजित भएका डमरुहरुले माउलाई सबै कुरा सुनाए। बघिनी स्याल आउने समय मिलाएर ओडारमै बसिरही। अर्को दिन पनि स्याल फूर्तिसाथ आएर के भन्नमात्र सुरु गरेको थियो बघिनीले झम्टेर करिव १०० मिटर पर फालिदिई।
बघिनी डमरुहरुलाई दुध चुसाएर सँधैझैं सिकार खोज्न निस्कनै लाग्दा स्याल त घिस्रदै ओडारको नजिक आउँदै रहेछ। जोडले बजारिंदा उसको एउटा खुट्टामा ठुलै चोट लागेछ। बघिनीको नगिचै पुगेर मलिन स्वरमा भनेछ
“डराएको भए डराएँ भने हुन्थ्यो, यसरी फाल्न त पाइँदैन नि…. ।”
०००
पोखरा-१०, हाल-संयुक्त राज्य अमेरिका।
Subscribe
Login
0 Comments
Oldest






































