साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाेडेर जाउन् धन

हेर्नू है अब ता समस्त जनले बाचाेस् सधैं देश याे खाए दुष्ट सबै मिलेर अहिले मासे सबैले अहाे के के नाम भनूँ म आज कसरी देखेन हाम्राे व्यथा बेचे स्वर्ण सबै यसै मुलुककाे सुन्दा भयाे त्याे कथा।

Nepal Telecom ad

उत्तमकुमार पाेखरेल :

उठ्दै पाउ परूँ म आज कसरी बाबा कतै देख्दिनँ
माया माेह सबै भुलिन् नि कसरी आमा कतै भेट्दिनँ
बस्छिन् ती बहिनी उहीँ सहरमा ती दाइ बस्छन् कता
साेच्दै रात बित्याे उठे रवि उता पन्छी उडे खै कता।।१

देख्दैनन् नव पालुवा जगतका हेर्छाै कता है बसी
तारा साथ बसी सुरम्य पुरमा हुन्छाै सधैं नै खुसी
आमा श्वास थियाै शरीर भरमा बाबा सहारा थियाै
भुल्दै भुल्न सकिन्न याे हृदयले शिक्षा तिमीले दियाै ।।२

छाेरा हुन् कुलमा भनेर उहिले सुन्दा कथा झैँ थियाे
सम्झन्छु मनले सुने जति कुरा जल्दै छ मेराे हियाे
हाम्राे देश बिशाल शैल चुचुरा पाखा पखेरा जति
मास्लान् याे धरणी यसै मुलुक नै बेचेर खालान् कति।।३

हेर्नू है अब ता समस्त जनले बाचाेस् सधैं देश याे
खाए दुष्ट सबै मिलेर अहिले मासे सबैले अहाे
के के नाम भनूँ म आज कसरी देखेन हाम्राे व्यथा
बेचे स्वर्ण सबै यसै मुलुककाे सुन्दा भयाे त्याे कथा।।४

हाम्राे सान र मान छन् जति यहाँ नेपालकाे गाैरब
भन्दै विश्व बसुन् झुकेर पदमा भागुन् सबै काैरब
हासुन् यी नव पालुवा घरघरै भन्दै छ मेराे मन
खेदाैँ ती जति दुष्ट छन् नजरमा छाेडेर जाउन् धन।।५

०००
लहान- ९, सिरहा
हाल: सूर्यविनायक- ३ भक्तपुर
२०८०/०९/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x