साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत्युको कुनै जात र रङ्ग हुँदैन !

जसरी तिमी मर्ने छौ एक दिन त्यसैगरी म नि मर्ने छु एक दिन तिमी मरेको दिन जस्तै म मरेको दिनमा पनि यसैगरी आकाशमा ताराहरू चम्किने छन् ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

जसरी तिमी मर्ने छौ एक दिन
त्यसै गरी म नि मर्ने छु एक दिन
तिमी मरेको दिन जस्तै
म मरेको दिनमा पनि
यसैगरी पूर्वबाट घाम उदाउने छ
यसैगरी उत्तर र दक्षिण हावा चल्ने छ
र आकाशमा चराहरु उड्नेछन् !

तिम्रो र मेरो लागि
मृत्यु एउटा विशिष्ठ घटना भए पनि
सृस्टीको यो शास्वत धाममा
मृत्युको निरन्तरता
एउटा अविछिन्न, अविश्रान्त
प्रकृति मात्र हो !

तिम्रो र मेरो
भूगोल फरक भए पनि
रङ्ग र हैसियत फरक भए पनि
तिमी र म
मर्ने मृत्युको रङ्गमा
केहि फरक हुने छैन !
मृत्युको समयान्तरमा
फरक भए पनि
मृत्यु प्रक्रिया र लयमा
कत्ति फरक हुने छैन !

जसरी तिमी मर्ने छौ एक दिन
त्यसैगरी म नि मर्ने छु एक दिन
तिमी मरेको दिन जस्तै
म मरेको दिनमा पनि
यसैगरी आकाशमा ताराहरू चम्किने छन्
यसैगरी नदीहरूमा पानी बग्नेछन् र
बारिका डिलमा फूललहरू फुल्ने छन् !

तिमी हुनु र म महुनुको फरक
हाम्रै दृष्टिदोष
मात्र हो !

तर
मृत्युको नजरमा
तिम्रो र मेरो
नियति,
उस्तै प्रकृति हो !
मृत्युको कुनै
जात र रङ्ग हुँदैन !

०००
गोरखा हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x