साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पी एम !

ए साले मर्द, पैसा दिन्छु म, फरिया किनेर लगा ! चुरा पोते किन्नू। साले, पी एम भनेको "पानी मरुवा !" हुतिहारा, लाछी ! मर्द रे ! फरिया लगाएर नाच !

Nepal Telecom ad

धनराज गिरी :

तीन पुस्ता भारत मोतीहारीमा बिताएर कुइकेल खानदान आयो बर्दिया, ससुरालीको कारणले। सरस्वती माताको कृपाले सबै राम्रो भयो। हीरालाल कुइकेल पनि गुरु र उनको सुपुत्र कनकराम कुइकेल पनि गुरु नै हुन पुग्यो । तर ऊ पश्चिमको मान्छे, साथीहरूको अनुरोधमा पुग्यो पूर्व फिदिम । रमायो । जून, घाम, तारा, जहाँ गए पनि उही । पहाडी जीवन रमाइलो मान्यो। गोरो, गोराख परेको, गणित गुरु। लक्काजवान, सुदर्शन ! चेलीहरूको सपनाको राजकुमार भयो। तर ऊ त कुमार थिएन। तीन सन्तानको पिता, घरमा प्यारी रीता। ” सर, जोगिनू है !” हेडसर प्रेमनारायण ओझा। फेसबुके जमाना। उनै हेडसरकी साली ईल्या शर्माले कनकरामको विम्व मनमा उतारेर प्रेमगजल लेख्न थालिन् ।

“ईल्या, यसो गफगाफ ओक्के छ त, म एक मर्यादित पेशाको मान्छे । तिम्रो निम्तो मान्न असमर्थ छु।” हद पार गर्ने लक्षण देखेपछि कनकले तगारो हाल्ने कोसिस गर्यो । “ह्या डार्लिङ्ग,के हुन्छ र ? लुकी लुकी हो। कसले ढोल पिट्छ र ? भित्र भित्र कहाँ हुन्न यस्तो ?किन यति सुन्दर भएर आएको त मेरो जीवनमा ? अर्जुन हेर्नू,राहुल हेर्नू,भोल्गादेखि गङ्गासम्म, कसको जीवनमा हुन्नन् र प्रेमिकाहरू ? कुन भमर एउटा मात्र फूल भनेर बस्छ र ? खिइने हो र ? पी एम !!”

“यो पी एम भनेको के हो नि ?” कनक आत्तियो।
“मेरो मनको राज्यको प्रधानमन्त्री !” ईल्याको चर्तिकला। बिचरा मर्द। केही दिन बिते। एक दिन फोन आयो ईल्याको, रिसाएर,”ए साले मर्द, पैसा दिन्छु म, फरिया किनेर लगा ! चुरा पोते किन्नू। साले, पी एम भनेको “पानी मरुवा !” हुतिहारा, लाछी ! मर्द रे ! फरिया लगाएर नाच ! छक्का !!”

“हे प्रभु, नारीको लीला ! हे देवी, बिहे गरेर लीला गर ! म पी एम नै बन्छु” कनकरामले “पी एम” पद स्वीकार्यो। “प्यारी रीता, हेर त, कति गाह्रो छ जोगिन !” पत्नीलाई सम्झियो। दिनमा नै तारा देख्यो। पत्नीलाई मेसेज लेख्यो,”पर्सि घर आउनेछु !” पत्नीको “लभ रियक्ट” आयो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x