सुरेशकुमार पाण्डेज्वाला !
विभिन्न मौका ढुकेकाहरूले आआफ्नो बिचार फेरि उनै जनतामा फिजाँदै छन्। मर्ने मरिहाल्यो फर्किंदैन जिउँदालाई जोगाउँनुपर्छ।

सुरेशकुमार पाण्डे :
यो लावा (ज्वाला) फैलिन सक्छ ! त्यो भन्दा पहिले केही गर्नैपर्छ। -टोपलाल रिसले आगो भयो।
ऊ कहिले कता कहिले कता दौड्दै थियो।बाहिर भ्यान दनदनी आगोमा जलिरहाँदा उसको धड्कन तेज रफ्तारमा धक धक धक गर्दैथ्यो । आकाशमा उडेको कालो धुँव़ामा अरू केही देख्न सकेन।
एक्कासी फोन उठायो र भन्यो। “के हेरिरहेका छौ तिमीहरू हँ ! नोकरी गर्ने मन छैन ?”
सरकारको वर्दी लगाएका स्वाँठेहरू सतर्क हुन्छन्।
सर ! सर ! आदेश बक्सियोस्।
अझै पनि केही भन्नु बाँकी छ ? उसले हकार्दै भन्यो।
सलुट ठाेक्दै बाहिरियो र जुनियरलाई इसार गर्यो।
एकैछिनमा – ड्याम /ड्याम ! कोलाहल रूवाबासी लावा शान्त भयो।
धुँव़ा बिस्तारै हराउँदै गयो।
विभिन्न मौका ढुकेकाहरूले आआफ्नो बिचार फेरि उनै जनतामा फिजाँदै छन्। मर्ने मरिहाल्यो फर्किंदैन जिउँदालाई जोगाउँनुपर्छ।
टोपलाल फेरि कृतिम हासो मुस्कुरायो । आँखा सन्काउँदै भन्यो – व्यवस्था शान्तिमय छ।
०००
१७ पुस २०८०
दाङ घोराही
Subscribe
Login
0 Comments
Oldest







































