साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीले छोप्यो

खुराफाती ज्यादा यस मुलुकमा दाउ खोजेर बस्छन् हजारौँ लाखौँमा युवक युवती बाहिरी देश पस्छन् गरौँ केही भन्दा पनि मुलुकमा मौन छन् आज ओरी बुढ्यौलीले छोप्यो तन र मनमा भर्नु ऊर्जा कसोरी ?

Nepal Telecom ad

रामशरण न्यौपाने :

तुवाँलोले ढाक्यो किरण रविको घामको छैन ताप
लिऊँजस्तो लाग्यो भरसक छिटै अग्नि तापेर राप
पुग्यो आजै मेरो वय पनि अरे भन्दछन् तीन कोरी
बुढ्यौलीले छोप्यो तन र मनमा भर्नु ऊर्जा कसोरी ?॥१

घरी खोकी लाग्ने घरी घरी झनै बढ्छ लादेर सास
गरौँ हाँसो ठट्टा पनि ह्रृदयमा छैन त्यो चाह खास
दली कालो ध्वाँसो धवल रङको केश के राख्नु कोरी
बुढ्यौलीले छोप्यो तन र मनमा भर्नु ऊर्जा कसोरी ?॥२

कतै जाऊँ जस्तो पनि छ मनमा तीर्थ-यात्रा भनेर
बिहानी सन्ध्यामा जप तप गरूँ सिद्दजस्तो बनेर
दिलासा नै भाग्यो रमझम तथा गर्न रोमान्स गोरी
बुढ्यौलीले छोप्यो तन र मनमा भर्नु ऊर्जा कसोरी ?॥३

यता मन्दी छायो मुलुक बिच नै छैन आभा बढेको
लुटी खाने जुक्ति पद उपरका व्यक्तिले छन् पढेको
उछित्तो नै पार्छन् धन जमिन औ हुन्छ भण्डार चोरी
बुढ्यौलीले छोप्यो तन र मनमा भर्नु ऊर्जा कसोरी ?॥४

खुराफाती ज्यादा यस मुलुकमा दाउ खोजेर बस्छन्
हजारौँ लाखौँमा युवक युवती बाहिरी देश पस्छन्
गरौँ केही भन्दा पनि मुलुकमा मौन छन् आज ओरी
बुढ्यौलीले छोप्यो तन र मनमा भर्नु ऊर्जा कसोरी ?॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x