साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजिलो कि अफ्ठ्यारो ?

त्यसैले मलाई यो ग्लोभ लगाएर गर्ने कुनै पनि काम ठिक लाग्दैन । बरू बिना ग्लोभ नै भटाभट काम गर्‍यो, काम सकेर साबुन पानीले राम्ररी हात धोईपखाली गर्‍यो सक्किगो ।

Nepal Telecom ad

अशोककुमार शिवा :

समयसँग दौडिएको प्रविधि र प्रविधिले ल्याएको अनेकन विधिको प्रयोग गर्न हामी पनि विधिवत विधिकार हुनुपर्ने बाध्यता छ । विधिको विधिकार हुन प्रविधिको प्रयोग वा उपयोग गर्न पारङ्गत पनि हुनुपर्छ ।

कहिलेकाहीँ फुर्ती लगाउँदा लगाउँदै खरो सुर्ती चेपेजस्तो मुख पार्नुपर्ने हुन्छ । सुर्ती भन्ने चिज पनि फेरी कस्तो भने लत नपरुन्जेल गारो लत पर्न थालेपनि छोड्न साह्रो । पर्पराउने टिमुर, खर्खराउने सुर्ती, चिडचिडाउने पिरो, चरचराउने घाउ अनि करकराउने बाउ छेउछाउ नभएको बेस भन्दाभन्दै सङ्गत पर्न थालेपछि सबै पाच्य हुने पनि विधिकार हुनु जस्तै हो ।

हरेक अवस्थामा पनि अनेक काम गर्न जान्नु वा मनपराउनु पनि विधि नै पहिला जान्नु पर्ने रहेछ । के काम गर्दा कुन कुरा प्रयोगमा ल्याउने वा प्रयोग हुने सामग्री कतिको काम मैत्री हुन्छ भन्ने जान्नु पनि प्रविधिको विधिकार हुनै पर्छ । अधिकांश काम गर्ने भनेको हातले हो । हातको काममा बडो सिपालुसँग साथ दिने दश भाइ औँलाहरू छन् । कामको प्रकृति अनुसार हात र हातका औँलाहरूको जोहो जतन पनि गर्नै पर्ने हुन्छ । यसरी हात र औँलाको जोहो जतनको लागी हातको पञ्जासँग ठ्याक्क मिल्ने गरी पञ्जा (अङ्ग्रेजहरूले ग्लोभ भन्छन्) बनाएको हुन्छ । पञ्जा लगाएर काम गर्दा हिलो माटो तथा फोहर समेत हातमा नलाग्ने भएकोले पन्जा लगाउनु स्वास्थ्यको लागी राम्रो मानिन्छ ।

स्वास्थ्यको लागी लाभदायक छ भनेर खाना खाँदा पनि ग्लोभ लगाउनु चाहिँ अलिक सुहाउने कुरा भएन भन्ने पनि लाग्न सक्छ । तर खाना खाँदा पनि पञ्जा नभएर ग्लोभ भने लगाउन नसकिएला भन्न सकिन्न । पातलो ग्लोभ लगाएर कपाल रङ्गाउने काम गर्न सकिन्छ । तर पन्जा लगाएर काम गर्दा के समातियो त्यो भने भेउ पाउँन सकिँदैन ।

आजकाल प्रायजसो मोबाईलमा म्यासेज आउने जाने क्रम भइरहन्छ । यसरी मोबाइलमा म्यासेज आउँदा यदी ग्लोभ लगाएर अन्य केही काम गरिदैँछ भने किबोर्डमा गलत अक्षर दाबिन सक्छ । गलत अक्षर दाबियो भने अर्थको अनर्थ हुनसक्छ । कहिलेकाहीँ अनर्थले संवाद व्यर्थ बनाउन सक्छ भने कहिले सामान्य भनेर गरिएको संवादले रोचक मोड लिन सक्दछ । जति रोचक भयो उति म्यासेन्जर बिजि होला तर अनर्थले व्यर्थ भएको संवादको पुनरउठान हुन लामो समय लाग्न सक्छ ।

त्यसैले मलाई यो ग्लोभ लगाएर गर्ने कुनै पनि काम ठिक लाग्दैन । बरू बिना ग्लोभ नै भटाभट काम गर्‍यो, काम सकेर साबुन पानीले राम्ररी हात धोईपखाली गर्‍यो सक्किगो ।

०००
२०८०/१०/१२
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x