साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्नैपर्छ विषाक्त मानिस

आफ्नो स्वार्थ हुँदा समीप छ अझै चिप्ला कुरा गर्दछ चिल्लो घस्छ लपक्क पार्छ मुखले झन् छेउमा सर्दछ आफ्नो स्वार्थ पुगे त्यसै पल सबै आधार नै ढाल्दछ चिन्नैपर्छ विषाक्त मानिस जहाँ सद्भावना गल्दछ ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

कोही मानिसका खराब मन छन् देख्छन् नकारात्मक
चस्मामा छ कि दोष दृष्टिपथ नै हुन्छन् नकारात्मक
अर्काको सुख वा मुहार हँसिलो देखेर जो जल्दछ
चिन्नैपर्छ विषाक्त मानिस जहाँ सद्भावना गल्दछ ॥

आफू मात्र सही र निर्मल अरू जम्मै झुटो देख्छ जो
आफ्नो मात्र बढाइँ गर्छ जसले ज्ञानी स्वयं ठान्छ जो
अर्काको अपमान गर्छ उसले धुर्त्याइँमा चल्दछ
चिन्नैपर्छ विषाक्त मानिस जहाँ सद्भावना गल्दछ ॥

अर्काका पनि रायमा कति कुरा हुन्छन् भला सत्यता
सुन्नैपर्छ तथापि दुर्जन सदा सुन्दैन ती सत्यता
मात्रै क्रोध घमन्डको भँवरमा आगो बनी बल्दछ
चिन्नैपर्छ विषाक्त मानिस जहाँ सद्भावना गल्दछ ॥

आफ्नो स्वार्थ हुँदा समीप छ अझै चिप्ला कुरा गर्दछ
चिल्लो घस्छ लपक्क पार्छ मुखले झन् छेउमा सर्दछ
आफ्नो स्वार्थ पुगे त्यसै पल सबै आधार नै ढाल्दछ
चिन्नैपर्छ विषाक्त मानिस जहाँ सद्भावना गल्दछ ॥

के हो आदरभाव मद्दत भनी जान्दैन केही अरू
मानी सानु अरू अनादर गरी सन्तुष्टि लेला बरु
त्यस्ताबाट सदैव दूर रहँदा पो जिन्दगी फुल्दछ
चिन्नैपर्छ विषाक्त मानिस जहाँ सद्भावना गल्दछ ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x