साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती पाटी

एउटा सुलसुले कान ठाडो पार्दै आफूहरुतिर आइरहेको पहिलोले देख्यो । पहिलोले हतारमा निष्कर्ष सुनायो –“सबै माछाको स्वाद उस्तै थियो । माछा नदिनेलाई भोट दिऔँ । इमानको भोटको मूल्य बढी होला ।”

Nepal Telecom ad

सञ्जय साह मित्र :

चुनावकै दिनको कुरा हो । खरिहानको घुरमा चार यार चिया चिया खाँदै थिए । रातभर उम्मेदवार र तिनका अह्रौटेहरुले सुत्न दिएका थिएनन् । सात बज्न केही समय बाँकी रहेको भए पनि चारै जनाले लिइरहेको चियाको चुस्कीमा हतारको छनक थिएन । कुनै बेला मतदान गरिएला हैनभने मत दान ।

“तिमी कुन पाटीलाई भोट दिन्छौ ?” एकले जिज्ञासा राख्यो ।

“हात्ती पाटीलाई” अर्कोले उत्तर दियो । चुनावमा हात्ती पाटी नामको कुनै दल उम्मेदवार थिएन तर सबैले कुरो बुझे । बुझेर झन् अलमल भए ।

“कुरो त क्लियर गर्नुपर्छ नि । अहिलेसम्म हामीले सल्लाहैले मतदान गरेका छौँ । मान्छेको अनुहार हेरेर, राम्रो लाग्नुपर्छ कि हाम्रो काम गर्ने हुनुपर्छ । हात्ती त सबैले दिएका छन् ।” तेस्रोले गम्भीर हुँदै निष्कर्ष खोजे ।
चौथोको पालो बाँकी थियो । संस्कृतिअनुसार बोल्यो

“नुनको गुन तिर्नुपर्ने तर हात्तीको मत्ति बिग्रेपछि जहाँ पनि पस्छ अनि कुरो फस्छ ।”

तेस्रोले चियाको गिलास घुरमै फाल्यो । दोस्रोले “यो जलेपछि यसको धुवाँले हामीलाई नै नोक्सान पार्छ” भन्दै झिक्यो । गाँठो परेको कुरो फुकाउने बाटोतिर संकेत गर्दै बोल्यो “माछोको मुख पसेको हात्ती, माछाको गालामा पसेको हात्ती र माछासँगै सुतेको हात्ती । कुन हात्ती हाम्रो नजिक छ ?”

पालो पहिलोको थियो बोल्ने । उसले तेस्रोलाई संकेत गरेपछि तेस्रोले भन्यो “कसले मुखमा, कसले गालामा र कसले कहाँ कोचेर हजारको नोट दियो भन्ने होइन । कोही जितोस् कि हारोस् । पैसा माछालाई वाहक बनाई बाँड्यो । हामीले कस्को इज्जत राख्ने ? कि आफ्नै तरिकाले जाने ?”

एउटा सुलसुले कान ठाडो पार्दै आफूहरुतिर आइरहेको पहिलोले देख्यो । पहिलोले हतारमा निष्कर्ष सुनायो –“सबै माछाको स्वाद उस्तै थियो । माछा नदिनेलाई भोट दिऔँ । इमानको भोटको मूल्य बढी होला ।”
सुलसुले घुरनजिक पुग्दा आगो निभिइसकेको थियो ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x