साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाेलिवाद

पुरानै छ चाला तिनै देख्छु जोगी अझै खन्चुवा छन् सबै द्रव्यभोगी नयाँ तन्त्रमा झन् बढे लामखुट्टे वृथा दु:ख दिन्छन् झुटा माखिबुट्टे ।

Nepal Telecom ad

बिन्दु दाहाल मुकदर्शक :

सधैँ भोलि भन्दै झुलाए मलाई
यसो गर्न थाल्दा नहोला भलाइ
कयौँ पल्ट धाएँ भने भोलि भोलि
पिलाएर पीडा बसे झन् नबोली ।

उता जा यता आ इसारा छ खालि
प्रतीक्षा गरेँ व्यर्थ बोली छ जाली
सबै काम सुस्ती गरी ढुक्क बस्छ्न्
मुखालेहरूले सधैँ तेल घस्छ्न् ।

कतै छैन चाँडो धिमा देख्छु काम
सबै भ्रष्टकै देशमा उच्च नाम
उपेक्षा भयो आज स्रष्टाहरूको
छ सम्मान चम्चे बुख्याचा अरूको ।

बटार्छन् कुरा टार्दछन् काम हाम्रो
हरामीहरूको छ बानी नराम्रो
खुदै कर्मचारी भए जाल गर्ने
जताबाट आफ्नै सधैँ पेट भर्ने ।

पुरानै छ चाला तिनै देख्छु जोगी
अझै खन्चुवा छन् सबै द्रव्यभोगी
नयाँ तन्त्रमा झन् बढे लामखुट्टे
वृथा दु:ख दिन्छन् झुटा माखिबुट्टे ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x