साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या देखेँ, वाह देखेँ । गज्जब देखेँ बा !

विद्यालय र विश्वविद्यालयमा भएका शैक्षिक प्रगतिहरूले समाचारको अग्रभाग पाएछन् । कठै राजनीतिक समाचार त हिजो आज साहित्यका गतिविधिले पाउने जस्तो कुनातिर पो पसेछन् ।

Nepal Telecom ad

हरि खनाल :

१. आफ्नो मन्त्रिपरिषद्का कुनै पनि मन्त्रीले देश र जनतालाई हानी गर्ने कमिशन र लाभ हुने कुनै पनि फाइल सदर गर्ने वा उठाउने कार्य गरेमा गरेको पुष्टि भएको तीन घण्टाभित्र मन्त्री पदबाट बर्खास्त गरिने प्रधानमन्त्री कार्यालयको सूचना र प्रतिबद्धता सर्वत्र प्रकाशित र प्रचारित भएछ ।

२. प्रधानमन्त्री कार्यालयबाट गरेझैँ मुख्यसचिवले सचिवहरूलाई सचिवहरूले सहसचिव लगायत मातहतलाई सूचना र आदेश जारी गरिएछ ।

३. खाद्यान्न सागसब्जी लगायत मुख्य मुख्य आधारभूत आवश्यकताका वस्तुहरूको मूल्य चोक चोक र बस्तीबस्तीमा टाँगिएछन् ।दैनिक रूपमा डिजिटल प्रदर्शन हुन थाले छ ।

४. औषधी पसलमा किनिने औषधीहरूकोसमेत खास मूल्य सूची प्रदर्शन भएका रहेछन् र यी कुरा हरेक व्यक्तिका मोबाइलमा पनि सम्प्रेषण भएको रहेछ ।

५. यातायातका साधनहरूको भाडासूची पनि ठाउँठाउँमा टाँसिएछन् र प्रहरीमार्फत सर्वसाधारणलाई जानकारी दिन थालिएछ ।

६. यातायात लगायतका कर घरबाटै तिर्ने र रसिद पनि यातायात कार्यालयलबाट प्रमाणित भई घरमै आइपुग्ने गरी व्यवस्था भएछ ।

७. देशभरिका सार्वजनिक सवारी साधन चलाउने चालकहरूले एक हातले स्टेरिङ घुमाउँदै अर्को हातले मोबाइल समाउँदै अर्कै संसारमा मन पुर्याउने परिपाटीलाई गम्भीर अपराधको सूचीमा राखेर कार्वाही गर्ने कानून बनी कार्यान्वयनमा आउन थालेछ ।

८. सामुदायिक तथा सरकारी अस्पतालमा कुन कुन सेवा कसरी उपलब्ध हुन्छ सर्वत्र र डिजिटल जानकारी पनि आम समुदायलाई हुनथालेछ ।

९. कुनै निजी व्यवसायी तथा अन्य सङ्गठित संस्थाहरूसँग विभिन्न नामका उपहार र खर्च लिने काम कहिल्यै नगर्ने र कसैले गरेको थाहा पाएमा कोर्टमार्शलसहित जागिरबाट निकाला गरिने सूचना प्रवाह भएछ ।

१०. शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी बनाउने गरी प्रतिबद्धता जारी गर्दै यसका लागि कार्य शुरु भएछ ।

११. अन्यायमा परेकाहरूको उजुरी लेख्ने र पैरवी गरिदिने काममा राज्यले खटाएका वकिलहरूबाटै हुनथाले छ ।

१२. अस्पतालहरूमा एक ठाउँबाट टिकट लिएपछि कहाँ जाने कोसँग परीक्षण गराउने भन्ने जस्ता झण्झटहरूबाट सर्वसाधारणहरू मुक्त हुने गरी कार्य थालनी भएछ ।

१३. सङ्गठित ठगीका रूपमा विकास भएका सहकारीलाई जनताको सामुदायिक संस्थामा परिणत गर्ने गरी योजना ल्याइएछ ।

१४. हरेक स्थानीय तहभित्र बाँझो जमिनमा खेतीपाती गर्ने गरी जनपरिचालन गर्ने र उत्पादित सामग्रीको बजार सुनिश्चित गर्ने घोषणा र कार्यान्वयन शुरु भएछ ।

१५. स्थानीय तहको निर्वाचनमा दल होइन स्वतन्त्र व्यक्तिहरू उम्मेदवार बन्ने गरी कानून बनेछ ।

१६. मुलुकको पूर्वदेखि पश्चिमसम्मका प्राकृतिक धार्मिक तथा सांस्कृतिक हिसाबले महत्त्व बोकेका स्थानहरूलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने गरी निजी क्षेत्र र सरकारको वीचमा सहकार्य गर्ने विस्तृत योजना बनेर कार्य पनि आरम्भ भएछ ।

१७. मुलुकले आगामी पाँच वर्षमा दुई लाखभन्दा बढीलाई रोजगारी दिने गरी कहाँ कहाँ कुन कुन उद्योगधन्दा तथा कारखाना खोल्ने भनेर योजना बनाई कार्यान्वयन आरम्भ गरेछ ।

१८. पाँच वर्षभित्र आधारभूत आवश्यकतासँग जोडिएका हरचिज उत्पादन हुने गरी उद्योधन्दा स्थापना गर्ने गरी सरकार निजी क्षेत्र र अन्तर्राष्ट्रिय दात्री निकायहरूसँग सम्झौता र कार्यान्वयन आरम्भ भएछ ।कृषकले उत्पादन गरेका वस्तुहरूको बजार निर्धारण भएछ ।

१९. देशकै जेठो विश्वविद्यालयले आकर्षक र समसामयिक आवश्यकताका शैक्षिक कार्यक्रम सञ्चालन गरेर संसारकै दश उत्कृष्ट विश्वविद्यालयमा सूचीकृत हुन पुगेछ ।

२०. बालबालिकाका लागि टोलटोलमा खेल्ने रमाइलो गर्ने र स्थान छुट्याउनुका साथै ज्येष्ठ नागरिकहरूका लागि पनि भेटघाट स्थल र पार्कको निर्माण भएछ ।

२१. प्रकाशन हुने पत्रपत्रिकाका ब्यानर समाचारहरू कुन कृषकले कति उब्जाएर कीर्तिमान कायम गरे ? कुन उद्योगले कति उत्पादन बाहिर निर्यात गर्यो जस्ता समाचारले स्थान पाउने भएछन् । विद्यालय र विश्वविद्यालयमा भएका शैक्षिक प्रगतिहरूले समाचारको अग्रभाग पाएछन् । कठै राजनीतिक समाचार त हिजो आज साहित्यका गतिविधिले पाउने जस्तो कुनातिर पो पसेछन् ।

अरू पनि धेरै कुरा थिए सबै सम्झिन सकिनँ । वाह मुलुकले समाजवादमा फड्को मारेछ । म मख्ख पर्दै थिएँ । गर्वले शिर अग्लिएर सगरमाथा जस्तै भएको अनुभूति गर्दै थिएँ । हे राम ! त्यो त सपनामा पो रहेछ ।

०००
धादिङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shivahari lamsal
Shivahari lamsal
1 year ago

🙏🙏🙏🙏🙏

Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
1
0
Would love your thoughts, please comment.x
()
x