साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाय, खाए !

मान्छे दम्भ गरेर आज भवमा पापी जरासन्ध भो नाता खाक भयो गयो दनुज रे बोली हरे बन्द भो !

Nepal Telecom ad

धनराज गिरी :

दाजी पाठक राम दाम महिमा सुन्दा सबै आत्तिने !
लुट्ने हो ठगलालले धन गनी खाई उही मात्तिने !
पार्टी पाँच मिलेर वित्त गुरुजी पच्चीस पेटी लुटे
श्रीलङ्का थपियो विषाद मनमा आफन्त जोगी कुटे !

खाए माल गनेर झुक्किन पुगी छोरो पिता हाटमा
पुस्ता तीन लुटे भुटे नगद नै दाजी लडें खाटमा
पीडा यो मनको अनन्त अहिले सन्ताप आकाशियो
नामी हो “धनराज” ताज सुनको जान्ने विवेकी मियो

सोझाको दिन छैन यो मुलुकमा ठग्नेहरू चम्किने
पापीको घर भो सकिन्न डर भो लोभीहरू लम्किने
हे दाजी बलराम राम हरिजी पौडेल जापानमा
यस्तै नाटक भो हरे शिव हरे धोका भयो मानमा

भित्री रूप कुरूप वन्चक भनी भूगोल चिन्ने भयो
कालो चाल चिनिन्छ बुझ्छ दुनियाँ दुर्भाग्य पैसा गयो
दाजी राम इमान नाम गुरुजी प्राचार्य पैलो तिमी
काकाजी गुणराज बाज उहिले को भन्छ मैलो जिमी ?

छोराको अनुरोध बोध मनमा लक्ष्मी बुहारी खुशी
साथीभाइ मिलेर खास भनियो सन्ताप त्यागे रुसी
मान्छे दम्भ गरेर आज भवमा पापी जरासन्ध भो
नाता खाक भयो गयो दनुज रे बोली हरे बन्द भो !

०००
चितवन, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x