साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालो बैठक

यतिञ्जेल नबोलेको एउटाले म्याउँ गर्‍यो - एउटा कुरा याद गर साथीहरू !! यदि बोलेर खोकेर मात्र छोड्यौ भने पनि हामी मनुष्य जस्तै घृणित हुनेछौं । संसारको मूल कुरो भनेको व्यवहार हो । मैले गाउँका विद्यालयमा पढाएको सुनेको बोलेर गफमात्र दिएका भए...

Nepal Telecom ad

रामकृष्ण ढकाल :

यी मूसाहरू साह्रै समस्यामा परे । बढ्दो शहरीकरण र आधुनिकीकरणले यिनको गाँसबास सबै हरण भयो । यिनको सुरक्षा नगरे त यी लोपै हुने भए… एउटा ढाडे बिरालोले बिराले बैठकमा कुरोको उठान गर्‍यो । जम्मा भएका झन्डै दुई दर्जन बिरालाहरूमध्ये अर्कोले थप्यो – संसारको सबै प्राणिहरू उत्तिकै महत्त्वपूर्ण हुन्छन् । त्यसैले मूसा जातिको संरक्षणमा सबैले आ आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुपर्छ ।

अर्को ध्वाँसे बिरालोले भन्यो – कुरो गर्दा मूसाको उसैलाई किन छुटाको । मूसाको प्रतिनिधि खै ? यसरी हामी बिरालाहरूले मात्र मूसाको बारेमा प्रस्ताव ल्याउने, छलफल गर्ने, पारित गर्ने गरियो भने त यो मनुवाहरूको संसदभन्दा के फरक भयो र ? हामी मनुवाहरूजस्तो छलकारी षड्यन्त्रकारी, घूसखोर कमिशनखोर नातावादी, हाम्रावादी मान्छे बेचुवा, मारुवा हैनौं क्यारे । त्यसैले हामीले बैठक गर्दा छलफल गर्दा नियमकानुन बनाउँदा त्यसको मूल विषय जो हो त्यसलाई वा त्यसका प्रतिनिधिलाई उपस्थित गराउनै पर्छ । योकुरो हुनलाई सोह्रै आना ठिक हो । तर हाम्रो बैठकमा मूसाहरू आउलान् र ? — पहेंला आँखे बिरालोले समस्या देखायो ।

अर्को बोल्यो – हो हामीले कत्ति न बुद्धिमान हौं भन्दै कुबुद्धिको मात्र प्रदर्शन गर्ने मनुवाजस्तो हुनु हुँदैन । यसो गरेमा हाम्रो पहिचान हराउँछ । त्यसैले आजको यो छलफलमा जसको ब्या उसैलाई नजिक नल्या गर्नु हुँदैन ।

अर्कोले म्याउँ थप्यो – अनि के बिरालोको व्यवहार मूसाले बुझ्दैन र सजिलैसित यहाँ आउँछ ? अहिलेका मूसा जसको दूलोमा मोबाईल भेटिने जमाना आइसक्यो तिनीहरु ओए मूसा बिरालोको बैठकमा आओ भन्दा आउँछन् ? तिनीहरु नेपालका मतदाता हुन् ? हँ तिनीहरू किन यहाँ आउन सक्दैनन् पहिले त्यसको कारण खोजौं अवरोध हटाउँ, विश्वास दिलाउँ अनिमात्र तिनीहरु आउँछन् ।

अर्कोले पुच्छर तनक्क तन्कायो र भन्यो – हो कुरा एकदमै सहि हो । हामीले कहिले मूसाको समस्या बुझ्ने सहयोग गर्ने गरेका छौं र तिनीहरु हाम्रो नजिक आउने ? हाम्रो व्यवहार नेपालका बहुदलका लोकतन्त्रका गणतन्त्रका दलको, ती दलका नेता कार्यकर्ताको जस्तो भएपछि ती मतदाता जनता जस्ता मूसा कसरी हाम्रो नजिक पर्छन् ? बरू जानसक्छन् डाँडागाउँको बनढाडेतिर ??!!

अर्को पाङ्ग्रे बिरालो बोल्यो – त्यसोभए के आजको बैठक बिना निर्णय बिना निष्कर्ष टुङ्ग्याउने त ? शुरुमा कुरोको उठान गर्ने ढाडे बोल्यो – यत्तिकैमा बोलाएर मूसा यहाँ आउँदैनन् जबसम्म हाम्रो व्यवहार परिवर्तन हुँदैन किनभने ती नेपालका जनता होइनन् जसले धोका दिन्छ उसैलाई लुरुक्क लाएर हाम्रो दलभन्दै पटकपटक साथ दिइरहने । त्यसैले मेरो बिचारमा मूसाको बारेमा बैठक गर्दा मूसाकै प्रतिनिधित्व बिना गर्नु राम्रो होइन ।

त्यसैले सर्वप्रथम हामी बिरालाहरूले आ आफ्नो बानी व्यवहार परिवर्तन गरौं । मूसालाई मार्न खान दुख दिन छोडौं । नत्र हामी पनि एकातिर राष्ट्र हित, राष्ट्रियता, जनजिविका, मानव अधिकार, जैविक विविधता, वातावरण संरक्षण, लोपोन्मुख प्रजाती भन्ने हल्ला पनि गर्ने अनि त्यही राष्ट्रको विरुद्ध, त्यही राष्ट्रियताको विरुद्ध त्यही प्रकृति र वातावरणको विरुद्ध, त्यही जनता र मानव अधिकारका विरुद्ध मात्र काम गर्ने विभिन्न खाले नेता कर्मचारी जस्तै निर्लज्ज बन्नेछौं । त्यसकारण हामी मनुवाजस्तो निकृष्ट नबनौं । पहेँलो आँखे बिरालो – हो उहाँले एकदम ठिक कुरो गर्नुभयो । हामिले आफूलाई सुधार गर्नै पर्छ । व्यवहार राम्रो भए हामीजस्तै चारखुट्टे पनि अन्तरिक्षमा गएको सुनेको छु मैले ।

यतिञ्जेल नबोलेको एउटाले म्याउँ गर्‍यो – एउटा कुरा याद गर साथीहरू !! यदि बोलेर खोकेर मात्र छोड्यौ भने पनि हामी मनुष्य जस्तै घृणित हुनेछौं । संसारको मूल कुरो भनेको व्यवहार हो । मैले गाउँका विद्यालयमा पढाएको सुनेको बोलेर गफमात्र दिएका भए त्यो जमानाको जोगीलाई कसैले भगवान मान्थेन रे । साँच्चिकै दरबार गजबार छोडेर हिँडेकोले र संसारको लागि दुख गरेकोले जोगी भेर हिँडे पनि एउटा राजाको छोरोलाई संसारले भगवान मानेको रे । यदि मेरो कुरो मान्छौ भने आजको बैठक सकाएर आआफ्नो व्यवहार सुधार गरि अर्को बैठकमा मूसाहरूसहित उपस्थित होउँ ।

शायद यो कुरोमा सबै बिरालाको चित्त बुझेछ क्यारे । सबैले ताली बजाए र आजको तीन महिनापछि सबैले सुधारिएर भेट्ने बाचा गर्दै बाटा लागे ।

०००
२०८१ फागुन २८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x