साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो दिन फर्किएको छ

जनताको घरघरमा रहेको धेरथोर पसिनाको कमाईको परिचालन गर्ने तरिका भनेकै हरेक उपभोग्य सामानहरूमा महंगी बढाउनु नै हो । खान परिहाल्छ किन्नु परिहाल्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

उसस….. हा …. हैट, बल्ल चैनले स्वास लिन पाइयो । यो देशमा एउटा अटेरी कपुत जन्म्या रहेछ, हामी भ्रष्टाचारी सपुतहरूलाई दिनु दुःख दियो । स्वास फेर्नै हम्मे हम्मे पार्यो । वर्षौदेखिको विद्युतमा भएको हाम्रो एकछत्र एकाधिकारमा रहेका जेनेरेटर र इन्भर्टरहरू खिया लागेर बिग्रिन लागेका थिए ।

अरुबेला त ठिकै थियो सुख्खा मौषममा समेत हाम्रो ब्यापार चौपट पार्ने कुल घराना मानमर्यादाको घमण्ड बोकेको लठुवाले कहिल्यै बत्तिको अभाव हुन नदिएर हामी सोझासाझा भ्रष्टपोषकहरूलाई दिनुसम्म दुःख दियो । जनप्रिय सरकारले पटकपटक आह्वान गर्दा पनि अटेर गरेर हामीजस्ता व्यापारीहरूलाई विद्युतको शुल्क खुरुक्क तिर भनेर जहिल्यै धम्की दिन्थ्यो । अचम्म त यो मानेमा पो लाग्थ्यो जनता के भएका एकछिन बत्ती बेगर बस्न नसक्ने । विजुली बत्ती नभए व्यवहारै नचल्ने हो र खुरुक्क इन्भर्टर जडान गरे त भैहाल्थ्यो ।

तर, ढिलै भए पनि हाम्रो पृष्ठपोषक सरकारले समस्याको समाधान खोजेको छ । समाधानमा व्यवधान नआओस् भन्ने खातिर आफ्नो नातागोतालाई विजुलीको चोटामा गद्दी बिछ्याएर बिराजमान गराएको छ । अब हाम्रो पहिलो कर्तव्य त्यो गद्दी र गद्दीमा बिराजमानको संरक्षण गर्नुपर्ने भएको छ । यसो नगरे हाम्रो विद्युतिय उपकरण चरणबद्ध रुपमा खियाले छियाछिया पार्ने छ ।

पहिल्यैबाट हामीले चाहेको त यस्तै भ्रष्टजन लोकप्रियको बाहुल्यता रहेको ढोंगी कर्मयोगीहरूकै जमात ठाउँमा होस् । ढिलै भए पनि हाम्रो मनोकामना पुरा भएको छ । हामी अब कम्तिमा दिनको बिहान बेलुका गरेर ६ घण्टा लोडसेडिंगको सेड्युल निकाल्न लगाएर जनसेवामा तल्लिन रहनु पर्छ । अहिलेसम्म थन्किएर रहेका टुकी, मैनबत्ती, अपर्झटे बत्तीहरू महंगो मुल्यमा घरघरै पठाएर समेत खपत गराउनुपर्छ ।

एकातिर विद्युतको बक्यौता नबुझाए पनि हुने अर्कोतिर विद्युतीय आपत्कालिन उपकरणको महंगो मुल्यमा बेचेर अकुत सम्पत्ती थुपार्नु पाइने, वाओ कति रमाइलो । … कुरा मात्रै गर्दा त यस्तो झन काम नै गरेर देखाउन पाउँदा कस्लो होला ? अकल्पनिय ! जनताको घरघरमा रहेको धेरथोर पसिनाको कमाईको परिचालन गर्ने तरिका भनेकै हरेक उपभोग्य सामानहरूमा महंगी बढाउनु नै हो । खान परिहाल्छ किन्नु परिहाल्छ । जनतालाई शोषण गर्न नसके देश विकास संभव हुन्न । यो कुरा राम्रोसँग बुझेको सरकार भएर नै होला हाम्रो दिन फर्किएको छ ।

०००
गल्कोपाखा, काठमाण्डौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x