साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरणार्थी

तिनको विकृतिले बढावा पाएपछि न कसैको स्वाभिमान बच्छ न स्वतन्त्रता न सिर्जना शक्ति न मानव धर्म न विशुद्ध कर्म । यसैले यी कुकुरतान्त्रिक भरणार्थीबाट सतर्क रहनु होला ।

Nepal Telecom ad

प्रा. रामकुमार पाँडे :

कहीँ नभएको हाँडी यहीँको जात्रामा । हेर्नोस् सुनको थालमा माग्ने विकासे मन्त्री हुन् कि आश्वासनमा सपना देखाउने बतासे नेता कतैबाट दम नदिई चलेका छैनन् । दम कम भयो कि बहुलाएर हल्लिन लाग्छन् जाँडले छोडेको जँड्याहा नातागतले हल्लेजस्तो । दम दिउन्जेल उफ्रने पुतली जस्ता परजीवी नेतादेखि गोप्य देख्नै नहुने ठाउँ कुठाउँ हात बढाई पद र पैसाले आफ्नो वर्चस्व चढाइ हाल्ने । चाहे परधर्मी विधर्मीले हण्डी खाएर भुँडी भरेका हुन्, चाहे दलको दलाल भएर पालित वा विदेशीबाट पोषित जे जति अदृश्य तलबधारी छन् ती सबैलाई एकमुष्ट हचुवामा भन्नुपर्दा भरणार्थी भन्नुपर्ने हुन्छ ।

हेर्नोस्, भरणार्थीले कसैको भर पाएर होस् वा भरण खाएर पोषणको शोषणले आवरण आफ्नो लागे पनि विवरणले चोर वा सो सरहको पद पाएको अत्तोपत्तो हुन्न । यति भैसकेपछि भरणार्थीको भर गर्नु डाडूमा पानी तताएर मर्नु बराबर हो । भरणार्थीको धर्मसर्म केही हुन्न । कुनै दूतले छोराछोरीलाई पढाइ लेखाइ दिन्छु भन्यो भने उसको पाउ मोल्न र प्रशस्ति बाेल्न पछि पर्दैन । अझ गोप्य कागजातहरू समेत लग्यो अनि ठग्यो । सरकारी जागिरमा बस्ने हुन् कि संवाददाता कुनै दाता भरण पोषणको खाता खोल्न पा’को छैन लाजै नमानी खा’को छ खा’को छ ।

हाम्रो वरिपरि भरणार्थी यति बढे कि अचेलका नेताको संख्या के वढ्ला भुस्याहा कुकुरको छाउरा झै गल्ली गल्ली हल्ली हल्ली हिंडेका छन् । कोही धर्मको आडमा भरणपोषण हुँदै भरणार्थी भएका छन्, कोही अर्काको खुपियाको ठेक्का पट्टा गरेर भरणार्थी हुन् पुगेका छन् । विदेशीको भरणार्थी त कति हुन् कति । अनेकन् नाममा तामझाम साथमा भरणार्थी हुन पुगेका छन् । यी कति दरिद्र छन् भने एक टुक्रा रोटी कसैले चेइ भन्दै देखाइदियो भने भुँडी भर्न पाइन्छ भन्दै कुकुर झैँ पुच्छर हल्लाएर कुद्छन् । ठूलठूला परियोजनाका साँढे फेला पारे भने श्याल झैँ पछिपछि झर्ला र मुखैमा पर्ला अनि भरण पोषणले समाजमा इज्जत आउला भन्दै पछि लाग्छ ।

समाजका जान्ने सुन्ने, नजान्ने नसुन्ने पनि उस्तै छन् । तिनका तामझाम देखी यो त, हो न हो ठूलै पुरुषार्थी ठूलै चाला मान्छन् । कहाँबाट कुन हैसियतबाट पूर्ति भयो कसैले न सोध्छन् न खोज्छन् । तिनकै अगाडि लुत्रुक्क परेर आफू खुत्रुक्क होउन्जेल हात जोर्छन् । लौ हेर्नोस्, यी कहाली लाग्दो बात भरण पोषणले ठूला देखिएका हुन् । कहीं लेखिएका छैनन् । कोही घुस डकुल्याएर भरणार्थी भएका छन्, कोही कसैको पालतु भएर घुकेका छन् । नत्र दलका दलालले आफ्ना भरणार्थीलाई कसरी नचाउँथे ?

भरणार्थीको न बुद्धि हुन्छ न स्वतन्त्रता । नुन खाएपछि निमेकको सोझो गर्नैपर्यो भन्छन् । तर बिष्टा नै खाने गरेका भरणार्थी अझ दुर्गन्ध निकाल्दै कर्तव्य त कता हो कता बिके दलाल भएर वक्तव्य निकाल्छन् । कतैबाट भरणार्थीको पेरोलमा छ भने उसको हालको कुरै नगरौं । चाल नै गज्जब लाग्छ । किनकि धर्म छोडेकोमा रौरवमा परे पनि गौरव ठान्छन् । धर्मे छोडेपछि सर्मको के कुरा ? भरणार्थीको वेला वेलामा भेला हुन्छ र तिनलाई मुड्ने काम हुन्छ । मुड्ने भनेर कपाल हैन बुद्धि, मुड्ने हैन मोड्ने । भरणार्थी भएपछि यसरी मोडिन्छन् कि हात खुट्टा सध्ये भए पनि देशले भरण पोषण नगरेपछि जसले दिन्छ उसै कहाँ जानुपर्यो भन्छन् । लाजै पचाएर हिंड्छन् ।

नपुंसकै भएर धर्म परिवर्तन गर्नेलाई कसले काँध थाप्ने ? तिनले आफ्नो गौरवको के नाप्ने ? कसैले भरणार्थी भएपछि जे दियो त्यो लियो । त्यतिमा आफ्नो पुर्खा, आफ्नो पहिचान खुस्केको अत्तोपत्तो हुन्न । वस् अनि विना काम नाम फेरेर हो न हो जुन नाम राख्यो त्यही भएको ठान्छन् । कालेलाई कार्ल र शन्त बहादुरलाई सेन्त ब्रदर्, भन्यो, नामै फेरेपछि तिनका बाबु तिनै भए अनि तिनका आमा कहाँ गए ? भरणार्थी भएपछि नाच भालु नाच मात्र हैन् बोल सुगी बोल । सुगी पनि एक दाना दिनेबित्तिकै सुरु गर्छ, सुरिलो गानाको ताना छोडिहाल्छे ।

यी भरणार्थी एक प्रकारले कसैको अनुशरण लिने शरणार्थी मात्र हैनन् । शरण परी आफ्नो स्वत्व केही नभए झैँ हातखुट्टा, दिमाग केही नचलेर अर्काको आसमा सास राख्ने भएकैले यिनलाई भरणार्थी भनेको हो । आफ्नो देशको नोकरी गर्ने, आफ्नो देशको हावापानीले प्राण भर्नेले देश बिग्रने र बिगार्ने गर्दैन । यदि कोही कुकुर बहुलाए जस्तो बहुलायो भने कसैको शरणमा पुग्छ र भरण भएपछि भरणार्थी हुँदै राष्ट्रवादी हैन राष्ट्रघाती हुन्छ । बौलाहा क्या नहि कर्ता भनेझैँ अर्काले भरण गरेको मान्छे भरणार्थीको न देश हुन्छ, न आफ्नो भेष, न तिनको आफ्नो भाषा हुन्छ न धर्मको फेस । तिनको विकृतिले बढावा पाएपछि न कसैको स्वाभिमान बच्छ न स्वतन्त्रता न सिर्जना शक्ति न मानव धर्म न विशुद्ध कर्म । यसैले यी कुकुरतान्त्रिक भरणार्थीबाट सतर्क रहनु होला । यसको तर्क गरे नर्कमा पर्नुहोला ।

०००
जाेकतन्त्र जिन्दावाद (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x