साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरको नाम बेचेर कुसुम खाँदा

शङ्का भएछ कि क्याहो । आउने बित्तिकै चिन्तामणि सरलाई कुसुम पठाइदिएको कुरा सोधिहाले । सर छक्क पर्दै कुरो स्पष्ट पार्न आग्रह गर्दै गर्दा म लुसुक्कै घरमास्तिर लागेँ ।

Nepal Telecom ad

डा. गंगाप्रसाद अधिकारी :

म तेस्रो कक्षातिर पढ्थेँ सायद । इरौंटार हाल रोङको नाखोपास्थित उमामहेश्वर प्राविको विद्यार्थी म । मेरो खेल्ने साथी रुलमान राई । मभन्दा केही महिना कान्छो तर स्कुलमा उनी १–२ कक्षातिर मात्रै पढ्थे । मेरा नजिकैका साथीमा अर्को नरेन्द्र मङ्ग्राती । उनी म भन्दा एकडेढ वर्ष जेठा भए पनि मभन्दा तल्लै कक्षाका विद्यार्थी । मेरा यी दुवै धेरै मिल्ने साथी । स्कुलमा मेरा नाताले मामा दुर्गा अधिकारी र अर्का चिन्तामणि नेपाल दुई जना शिक्षक । दुवै जना एउटै गाउँका । चिन्तामणि नामसालिङ घुमाउनेका, दुर्गा मामा माङचोकका । अत्यन्त घनिष्ट मित्रता उहाँहरूको । दुवै जना हाम्रै घरमा बस्नुहुन्थ्यो ।

एक दिनको कुरा । म र रुलमान बाटातिर कतै खेल्दै थियौं । मैले बाटामा फालिएको कुसुमको बोक्रो देखेँ । त्यो देख्ने बित्तिकै कुसुम खाने तीव्र इच्छा पलायो ।

रुलमानलाई बोक्रो देखाउँदै सोधेँ – “ओइ रुलमान ! हेर् त, कुसुमको बोक्रो कसले फ्याँकेको रछ । कसकोमा छ हँ कुसुम ?”

रुलमानले पुछारघरे मामाकोमा कुसुम फलेको बताए । सबैले पुछारे कान्छा भन्ने पुछारघरेलाई हामी दुवै मामा भन्ने गथ्र्यौं । हामी पुछारघरे मामाकोमा कुसुम मागीखान जान तयार भयौं ।

रुलमानले “पुछारे मामाले दिँदैनन् केटाकेटीलाई” भनेपछि मैले नयाँ आइडिया फुराएँ – सरले माग्न पठाएको भनेर ढाँट्ने ।

योजना अनुसार हामी पुछारे कान्छाको घरमा कुसुम माग्न गयौं । म पुरेतको छोरो, नाति इमान्दारै मानिन्थेँ सायद । रुलमान पनि आछामेनी आमैको कान्छो छोरो, सोझो मान्छे । हाम्रो घरमा दुवै जना सरहरू बस्नुहुन्थ्यो । म समेत गएपछि पुछारे मामा पनि सोझो मान्छे, विश्वास नगर्ने कुरै भएन । एउटा रोज्जा झुप्पो कुसुम हामीलाई थपमाइदिए मामाले । एक किलो भन्दा पनि बढी थियो होला कुसुम । अलिक माथि ल्याएर मजैले खाइयो । लगभग अघाउँजी नै भयो ।

पुछारे मामाले कुसुम सरलाई कुसुम पठाइदिएको कुरा झन्नै बिर्सन लागिएको थियो । एक दिन पुछारे मामा हाम्रो घरमा आए । उनलाई शङ्का भएछ कि क्याहो । आउने बित्तिकै चिन्तामणि सरलाई कुसुम पठाइदिएको कुरा सोधिहाले । सर छक्क पर्दै कुरो स्पष्ट पार्न आग्रह गर्दै गर्दा म लुसुक्कै घरमास्तिर लागेँ ।

तत्काललाई त जोगिएँ तर प्रहरी चौकी घरमै पालेको थियो । उम्किनु कताबाट र ? फेला नपरी धरै थिएन । बाआमा, हजुर्बा हजुरामाकै अगाडि चिन्तामणि सरको लबटे च्युरा अघाउँजी नै भेटियो । जे होस्, अघाउँजी कुसुम पनि त कहाँ खान पाइन्थ्यो र त्यति बुद्धि नलाएको भए । तर सँगैमा बराबरी बदमासी गर्ने रुलमानलाई केही नगरी मलाई मात्रै चड्कन ख्वाएकोमा चिन्तामणि सरसँग गुनासो चैं पछिसम्म नै रहिरह्यो मेरो । गुनासो भए पनि के गर्नु ? बदमासी गर्ने बुद्धि मेरै थियो । कसलाई के गुनासो गर्ने र ?

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
आदान–प्रदान

आदान–प्रदान

डा. गंगाप्रसाद अधिकारी
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x