साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी मोटर

रोकिए ओर्लने, छोड्ने, आफ्नो बाटो तताउने ! किन चिन्ता लिने बिग्रिए, आउला कोही बनाउने !! तपाईंको पनि हो यो, मैले मात्र किन बनाउने ? मेरो पनि अधिकार छ, किन चढ्न नपाउने ?

Nepal Telecom ad

चट्याङ मास्टर :

मेरो देश अहिले त कसरी मोटरै भयो,
जनताकै खर्चमा हेर, नेताको घरघर गयो !!

न मूल्य थाहा छ चढ्नेलाई, न इच्छा छ बनाउने,
फुपूको सराद्धे जस्तै हो, चलेसम्म चलाउने !!

के माने को कहाँ जाने ? चढ्ने जाने जता पनि !
चढ्न पाए गुड्यो उत्तर, दक्षिण जाने भए पनि !!

रोकिए ओर्लने, छोड्ने, आफ्नो बाटो तताउने !
किन चिन्ता लिने बिग्रिए, आउला कोही बनाउने !!

तपाईंको पनि हो यो, मैले मात्र किन बनाउने ?
मेरो पनि अधिकार छ, किन चढ्न नपाउने ?

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x