साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिभाको यमराज मार्सलको

तर उहाँ मात्र हैन अचेल राजनीतिक टुटिल्का लिएर हिँड्ने नेताहरू प्रशस्त देखिँदैछन् । ती सबलाइ साेध्नाेस् "यस्ताे टुटिल्काे  कसरी पर्यो ?" ती तुरून्त "फलानो मार्सलले गर्दा" भनिहाल्छन् ।

Nepal Telecom ad

राजव :

सेनामा एउटा हुन्छ फिल्डमार्सल । त्यस्तै मार्सल सदनमा पनि हुन्छ । त्यस मार्सललाई फ फिल्ड मार्सल भनेझै सदन मार्सल भने हुन्छ ।

सदन-मार्सल सदनभित्र मात्र गमन गर्छ। जुन बेला जुन सांसदले आफ्ना मर्यादा र सदनक मर्यादा उल्लङ्घन गर्छन् त्यस बेला यी मार्सल आफ्ना मार्सलको पौरख प्रदर्शन गर्न थाल्छन। किनभने त्यस्ता सांसदलाई ती सदनबाट गलहत्याउने गर्छन् ।

सदनको कुनाकाप्चातिर ठडिने त्यस्ता मार्सललाई नेपाली भाषाले आदरपूर्वक भन्छ- मर्यादापालक तर चालू विद्वान्हरूका अनुसार नेपाली भाषाभन्दा अङ्ग्रेजी भाषा गह्राैँ हुने हुँदा मर्यादापालकभन्दा मार्सलको ‘वेट’ बढी हुन्छ। त्यसकारण नेपाली समाचार माध्यमहरू पनि घरमा जाँगर नहुने तर सदनमा बाँदर हुने मर्यादा-भञ्जकलाई त्यसरी तह लगाउनेलाई मार्सल नै उल्लेख गर्छन्।

तर मार्सल सदनमा मात्र हैन, सदनबाहिर पनि हुन्छन् । किनभने यो बबुरो पनि त्यस्ता मार्सलहरूबाट गलहत्याइएको छ। तपाईं पनि गलहत्याइनु भएको होला। जीवन जगत्को प्रत्येक क्षेत्रमा त्यस्ता अनेक मार्सल हुन्छन्, जो त्यहाँ हुने योग्य, विज्ञ मानिस फाल्ने, हुत्याउने गर्छन् । त्यस्ता मार्सलहरू राजनीतिमा साहित्यमा, जागिरमा, कलामा, सिनेमामा, व्यापारमा, उद्योगमा आदि अनेक, धन फाड़वा हुने र नाम हुने क्षेत्रमा छ्‌यापछ्‌याप्ती छन् । र ती आ-आफ्ना क्षेत्रका आफूभन्दा योग्य र प्रतिभायुक्त प्रभुत्वलाई ट्याप्प टिप्दै फाल्ने गर्छन् । प्रजातन्त्र आउनु पूर्व पनि यस्ताको काम त्यस्तै थियो। अहिले पनि तिनको काम त्यही छ । झन् प्रजातन्त्रले त्यस्ता मार्सलहरूको उल्टै हातखुट्टा दहो पारिदिएको छ। त्यसकारण तिनलाई देख्नेबित्तिकै दुला पस्ने दुले प्रतिभाहरू आजकल धेरै देखिन थालेका छन् ।

साहित्यमा हुने मार्सलहरू साहित्यको सदनबाट प्रतिभाहरू फाल्ने र भजनका नायक तथा चम्चा-विनायकहरूलाई भित्र्याउने गर्छन् । ती प्रतिभा-बदर र क्षुद्रताकदर गर्छन् । त्यस्तै मार्सल जागिरको क्षेत्रमा पनि हुन्छन् । तिनले अन्य इमान्दार र प्रतिद्वन्द्वी कर्मचारीहरूलाई सरूवाको रूपमा खोसुवाको रूपमा, डिमोसनको रूपमा दुःख दिइरहेका हुन्छन् । त्यस्तै खेलको क्षेत्रमा पनि त्यस्ता मार्सलहरू पक्का खेलाडी आउट गर्छन् र नकआउट हुने भित्र्याउँछन् । वास्तवमा फिल्मको क्षेत्र होस् वा नाटकको वा अन्य क्षेत्रको होस त्यस्ता मार्सलहरूको काम प्रतिभाहरूको ‘आउट’ गर्नु हो।

राजनीतिमा त त्यस्ता मार्सलहरू अझ धेरै छन् । तीबाट कार्यकर्ताहरू मात्र हैन नेताहरू पनि आउट भैइरहेका छन् । वास्तवमा सात साले नेता हुन् वा पन्ध्र साले नेता हुन् वा छत्तीस साले नेता हुन् ती सब हन्तकाले मार्सलहरूबाट आउट हुँदैछन् । अझ केही पार्टीमा त चैते, कात्तिके, आदि अनेक भित्रिएको तथ्य, पीडित नेताहरू जनतासमक्ष अद्यापि वकिरहेका छन् । अनि जनता पनि मात्र सुन्छन् र दुखित हुन्छन्, र चुप लाग्छन् । किनभने ती पनि मार्सल देखी तर्सन्छन् ।

राजनीतिमा मार्सल पीडित बूढा, युवा, नयाँ-पुराना नेता तथा कार्यकर्ता छन् । त्यस्ता मार्सल-पीडित या कार्यकर्ता राजनीतिबाटै बैराग्गिन थालेका छन् । त्यसकारण ती सव देवघाटमा जम्मा हुने भन्ने खतरा बढ्‌दै छ। यसैले इमान्दारीपूर्ण र नीतिपूर्ण नेपाली राजनीतिले पनि तीसँगैको सन्यासवास ग्रहण गर्न बेर छैन । यसैले बुझ्नुस्-त्यस्ता मार्सलहरू कति हर्स-पावरका मार्सलहरूले गर्दा अहिले कतिले आफैले जन्माएको हुर्काएको पार्टीभित्र आफ्‌नो अस्तित्व खाेज्दै छन। त्यस्तै अस्तित्व खोज्न तल्लीन एक पुरानो पार्टीका संस्थापक नेतासँग सोध्छु : आजकल पार्टी कार्यालयमा हजुरको उपस्थिति बिलकुल देखिन्न नि…. ?”

के गर्ने आफू पार्टीको मार्सल परिन, सिपाही परेँ….. मार्सलको अगाडि सिपाहीलाई कसले टेराेस् …? यो जवाफमा इङ्गित भएको मार्सल त उहाँले नै कुनै समय बनाएको कार्यकर्ता पो रहेछ ।

त्यसकारण  मैले सोध्न खोजें: “हैन त्यो त…”

हाे, भएर के गर्ने ? अहिले त्यो नै हाइकमान्डको टुप्पीमा झुण्डिएको छ र त्यहीँबाट हामीतिर गुलेली हिर्काउँछ ….। त्यसैले रहेछ उहाँको निधारमा राजनीतिक टुटिल्काहरू परेका ।

अहिले उहाँसँग म अरू बढी वार्ता गर्न लागिन । किनभने उहाँ यतिमै द्रवित भइसक्नु भएको छ र उहाँको नेत्र अश्रुधारको लागि तयार देखिंदैछ। त्यसकारण उहाँको नेत्रको यो स्थिति बुझेर आगे उहाँसँगको वार्तामा लागिन ।

तर उहाँ मात्र हैन अचेल राजनीतिक टुटिल्का लिएर हिँड्ने नेताहरू प्रशस्त देखिँदैछन् । ती सबलाइ साेध्नाेस् “यस्ताे टुटिल्काे  कसरी पर्यो ?” ती तुरून्त “फलानो मार्सलले गर्दा” भनिहाल्छन् । यसरी मार्सलको पीडा आजकल सर्वत्र व्याप्त छ । यसको सविस्तार व्याख्याको कागजमा सम्भव छैन।

त्यसैले निचोडमा भनिहालौँ- आजकाल यस्तै मार्सल राजनीति गर्छन् । सरकार डोऱ्याउँछन् । सङ्गीत रन्काउँछन् । साहित्य बिगार्छन् । खेल कुदाउँछन्, फिल्म निर्देशन गर्छन्। भ्रष्टाचार बढाउँछन् । अत्याचार भित्र्याउँछन् । नाटक गर्छन्। अखवार चलाउँछन्। घरबार बिगार्छन् । तरवार देखाउँछन् । र सब सज्जन तर्साएर एकलौटी मोज गर्छन् । त्यसकारण सदनको मार्सलभन्दा बढी यस्तै मार्सल मर्यादित र पूजित छन् र मोजले राज गरिरहेछन् ।

०००
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x