साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी बाहुनहरू

किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

Nepal Telecom ad

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई हल्ट गरे । बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो-
‘किन डराएको ?’
ऊ झन् डरायो । उसका खुट्टा काम्न थाले। ऊ बोल्न नसक्ने भयो ।

कमान्डरले फेरि सोध्यो-
‘किन डराएको दाइ ?’
अहिले पनि ऊ बोलेन । अघिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमान्डरलाई शङ्का लाग्यो । त्यसकारण कमान्डरले सोध्यो-
‘तपाईं पुलिस हो ?’
‘होइन ।’
‘अत्याचारी हो ?’
‘होइन ।’
‘छद्मभेषी हो ?’
‘होइन ।’
‘गुप्तचर हो ?’
‘होइन ।’
‘त्यसो भए डराएको किन त ?’

तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । कमाण्डरले झर्केर भन्यो-
‘त्यसो भए को तपाईं ?’
तर उसले म गाउँको गरिब दमाइँ हुँ भन्न सकेन। किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

२०५७
(लघुकथा सङ्ग्रहको पाण्डुलिपी ‘देशमा बाङ्गिन थालेको राजनीतिले गर्दा’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x