साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी बाहुनहरू

किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

Nepal Telecom ad

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई हल्ट गरे । बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो-
‘किन डराएको ?’
ऊ झन् डरायो । उसका खुट्टा काम्न थाले। ऊ बोल्न नसक्ने भयो ।

कमान्डरले फेरि सोध्यो-
‘किन डराएको दाइ ?’
अहिले पनि ऊ बोलेन । अघिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमान्डरलाई शङ्का लाग्यो । त्यसकारण कमान्डरले सोध्यो-
‘तपाईं पुलिस हो ?’
‘होइन ।’
‘अत्याचारी हो ?’
‘होइन ।’
‘छद्मभेषी हो ?’
‘होइन ।’
‘गुप्तचर हो ?’
‘होइन ।’
‘त्यसो भए डराएको किन त ?’

तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । कमाण्डरले झर्केर भन्यो-
‘त्यसो भए को तपाईं ?’
तर उसले म गाउँको गरिब दमाइँ हुँ भन्न सकेन। किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

२०५७
(लघुकथा सङ्ग्रहको पाण्डुलिपी ‘देशमा बाङ्गिन थालेको राजनीतिले गर्दा’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x