साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो भन्दा दुःख के त नि !

रूखमा भोट हालेर मने गयो मलेसिया सूर्यमा भोट ठोकेर धने उड्दैछ कोरिया, हँसिया र हथौडामा भोट हाली हतारमा, बले पुग्यो हिजो मात्रै काम खोज्दै कतारमा ।

Nepal Telecom ad

रूखमा भोट हालेर
मने गयो मलेसिया
सूर्यमा भोट ठोकेर
धने उड्दैछ कोरिया

हँसिया र हथौडामा
भोट हाली हतारमा
बले पुग्यो हिजो मात्रै
काम खोज्दै कतारमा

पार्टीको कार्यकर्ता भै
भोट मागेर हिँड्दथ्यो
खुँडा र खुकुरी बोकी
पार्टीकै लागि भिड्दथ्यो

त्यो पल्लो गाउँको हर्के
जहान पाल्न खातिर
झोला बोकी रुँदै आज
लाग्यो रे साउदीतिर

उद्योग बन्द छन् सारा
खोल्दैन सरकारले
देश झन् थिचिएको छ
विदेशी ऋण-भारले

बिरामी वृद्ध बा आमा
एक्लै छोडेर गाउँमा
थाहा छैन कसैलाई
बिर्खे छ कुन ठाउँमा

अस्ति बाजा बजाएर
बिहे गरेर आखिर
भाँडा माझ्न हिँड्यो लाले
आजै ऊ इन्डियातिर

त्यो लाले अब फर्केर
कहिले घर आउला ?
श्रीमती घरमै देख्न
पाउला कि नपाउला ?

कल्पना कल्पना गर्थिन्
नौलो यो लोकतन्त्रमा
देशमै काम पाइन्छ
ल्याएको गणतन्त्रमा

छोडेर काखको बच्चा
रुँदैरुँदै कठैबरा
इज्रायल उडे अस्ति
कल्पना र बसुन्धरा

पार्टीका भ्रष्ट नेताले
आलोपालो गरीकन
देश यो टाट पल्टाए
दुख्छ यो कविको मन

नेपाली जनता हामी
पार्टी भन्दै अझै पनि
जिताउँछौ तिनै नेता
यो भन्दा दुःख के त नि ?

लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x