साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्कस

Nepal Telecom ad

प्रिय माक्र्स height=
तिम्रा तस्वीरहरूलाई अहिले
गधा र बाँदरहरूले घेरिरहेछन् {{read_more}}
मैले तिम्रो तस्वीरमा
माल्यार्पण गर्न सकिन

गधा र बाँदरहरूको घेराबाट बाहिर
अलि टाढा उभिएर
प्रिय माक्र्स
म तिम्रो
संकटग्रस्त तस्विर टोलाइरहेछु

कुनै पनि बेला
ती बाँदरहरू
गधाहरूको ढाड चढ्ने छन्
र च्यात्ने छन् तिमीलाई

म त एउटा निहत्था
गरिब मान्छे हुँ
प्रिय माक्र्स
जो तिमीले युगौं अगाडि
देखाएको डकुमेन्ट्री हेरेर
सुख पाउने प्रतीक्षामा छ

त्यसकारण प्रिय माक्र्स
मलाई अहिले
बाँदर र गधाहरूको घेराभित्र रहेको
तिम्रो तस्वीरको चिन्ता छ

आफूलाई बचाउ
प्रिय माक्र्स

तिमी बाँच्यौ भने
मेरो आशा पनि बाँचिरहन्छ
तिम्रो तस्विर पनि बाँचिरहन्छ

प्रिय माक्र्स
तिमी पर्वत हौ
र म सिसिफस

(समय, असोज १७, २०६४)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x