साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्कस

Nepal Telecom ad

प्रिय माक्र्स height=
तिम्रा तस्वीरहरूलाई अहिले
गधा र बाँदरहरूले घेरिरहेछन् {{read_more}}
मैले तिम्रो तस्वीरमा
माल्यार्पण गर्न सकिन

गधा र बाँदरहरूको घेराबाट बाहिर
अलि टाढा उभिएर
प्रिय माक्र्स
म तिम्रो
संकटग्रस्त तस्विर टोलाइरहेछु

कुनै पनि बेला
ती बाँदरहरू
गधाहरूको ढाड चढ्ने छन्
र च्यात्ने छन् तिमीलाई

म त एउटा निहत्था
गरिब मान्छे हुँ
प्रिय माक्र्स
जो तिमीले युगौं अगाडि
देखाएको डकुमेन्ट्री हेरेर
सुख पाउने प्रतीक्षामा छ

त्यसकारण प्रिय माक्र्स
मलाई अहिले
बाँदर र गधाहरूको घेराभित्र रहेको
तिम्रो तस्वीरको चिन्ता छ

आफूलाई बचाउ
प्रिय माक्र्स

तिमी बाँच्यौ भने
मेरो आशा पनि बाँचिरहन्छ
तिम्रो तस्विर पनि बाँचिरहन्छ

प्रिय माक्र्स
तिमी पर्वत हौ
र म सिसिफस

(समय, असोज १७, २०६४)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x