साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्खाल, भित्ता र हामीहरू

Nepal Telecom ad

उहाँहरू आउनुभो height=
पाहुनाझैं पसेर
बिनाअनुमति {{read_more}}
चोक–चोक चहार्नुभो,
बाटो–दोबाटो दौडनुभो,
यता छाम्नुभो, उता हेर्नुभो,
अनेक स्वाद फेर्नुभो
र, रैथानेझैं यतै लुट्पुटिनुभो ।
बिनाकुनै सोधनी
बिनाकुनै पुछनी
हाम्रै कुँडा–कर्कट बटुलेर
हाम्रै बुद्धिवर्कत लगाएर
हाम्रै आँगनमा ठूलो पर्खाल खडा गर्नुभो
हाम्रै मैदानलाई विभाजित पार्नुभो
र, आकाश छुने पर्खालको छेउमा उभिएर
मुस्कुराउँदै भन्नुभो—
‘ल अब तिमीहरू सुरक्षित भयौ
अब तिमीहरूलाई हावाहुरीले दुख दिँदैन,
घामले पोल्दैन,
पानीले भिजाउँदैन,
कुनै शत्रुको पनि आँखा लाग्दैन
अब निर्धक्क यही भित्ताको आड लागेर बस्नु ।’
यौटैै आँगनमा हुर्केका हामीहरू
यौटै मैदानमा खेलेका हामीहरू
अब पर्खालले छेकियौं र पर्खालले बाँडियौं
कोही यता पर्यौं,
कोही उता र्पयौं
यौटै घाम तापेका
यौटै पानी खाएका हामीहरू
जब पर्खालले छेकियौं
न उताको दुस्ख देख्न पाइयो
न यताको अनुभूति सुनाउन पाइयो
यौटै खालमा खेलेका हामी
बीचमा पर्खाल लागेपछि
कोही उताका भइयो
कोही यताका भइयो
हिजो साथ–साथ भएकाहरू
हिजो मिलेर रमाउँदै मेलापात गएकाहरू
आज आफ्नै आँगनमा पर्खाल लागेपछि
कोही उताको भित्तो समाउन पुगियो
कोही यताको भित्तो समाउन पुगियो
उहाँहरूकै योजनामा
उहाँहरूकै आदेशमा
जब पर्खाल ठडियो
हामीले सुरक्षित भित्तो पायौं
र, हेर्दाहेर्दै आफूचाहिँ रित्तो भयौं ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x