साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निवारण लीला

राजाः तर त्यस्तो आयोगमा राख्न सकिने इमान्दार मान्छे कसरी पाउने ? भ्रष्टाचारीः म आज भोलि नै आफ्नो पदबाट रिटायर हुँदैछु सरकार, यदि त्यसमा मलाई राखियो भने.‘‘। राजाः अहो हुन्छ, तयार हुनुस् । भ्रष्टाचारीः हस् सरकार......।

Nepal Telecom ad

उत्तर देशको एक उच्च पदीय भ्रष्टाचारी राजासंग भ्रष्टाचार निवारणबारे वार्ता गर्दै थियो,

राजाः देशमा प्रशस्त भ्रष्टाचार बढिरहेछ भन्ने कुरा साँचो हो ?
भ्रष्टाचारीः हो सरकार।

राजाः त्यसो भए यो चिन्ताको कुरो हैन त ?
भ्रष्टाचारीः हो सरकार ।

राजाः त्यसो भए यसको निर्मुल गर्नु पर्दैन त ?
भ्रष्टाचारीः पर्छ सरकार ।

राजाः त्यसो भए यसको निर्मुल गर्न के गर्नु पर्छ त ?
भ्रष्टाचारीः एउटा भ्रष्टाचार निवारण आयोग बनाउनु पर्छ सरकार ।

राजाः तर त्यस्तो आयोगमा राख्न सकिने इमान्दार मान्छे कसरी पाउने ?
भ्रष्टाचारीः म आज भोलि नै आफ्नो पदबाट रिटायर हुँदैछु सरकार, यदि त्यसमा मलाई राखियो भने.‘‘।

राजाः अहो हुन्छ, तयार हुनुस् ।
भ्रष्टाचारीः हस् सरकार……।

०००
(सर्वप्रथम २०५७ सालको एक्काइसौं शताब्दी मासिकमा प्रकाशित, लघुकथासंग्रहको पाण्डुलिपी ‘देशमा बांगिन थालेको राजनीतिले गर्दा’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x