साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे बेच्ने कुमान्छे

लोभ देखाएर बेच्छ लालच देखाएर बेच्छ बुढा बाआमा अनी दुधे बालक देखाएर बेच्छ कहिले बाध्य त कहिले आज्ञार्थी बनाएर बेच्छ आजकाल हुलका हुल मान्छे शरणार्थी बनाएर बेच्छ ।

Nepal Telecom ad

भर्‍याङ बनेर भोट हाल्नेहरू
भर्‍याङ सँधै भर्‍याङ मात्रै रहेनन्
अर्थात्
अग्रास पलायो र बन्यो एउटा भव्य नेता ।

गाउँमा बाआमाले खुब पढ् भनेको सम्झेर
ध्यान दिएरै पढ्यो तर देशी विदेशी नेताका विचार
लडाउने सडाउने, भित्र्याउने सिध्याउने योजना
पढ्यो पर्चा, पम्प्लेट र चेतावनीका विज्ञप्ती
घोक्यो जिन्दावाद र मुर्दावादका नाराहरू ।

सानोतिनो काम पाए गर् भन्ने
बाआमाका अर्ती बुझेर
ठूलै काम गर्यो
टायरका मुस्लो निकाल्यो
प्रहरीलाई ढुंगामुढा हान्यो
विपक्षीलाई चड्कायो
आफ्नै गुटलाई पड्कायो
पख्लास् भन्ने पनि जन्मायो
स्याबास भन्ने पनि बनायो ।

राजधानी छिरेर बन्यो गोठालो
तर मान्छे चराउने ।

ठोक भन्दा ठोक्ने भए
रोक भन्दा रोक्ने भए
बोक भन्दा बोक्ने बनाइए
जाग् भन्दा जाग्ने बनाइए
भाग् भन्दा भाग्ने बनाइए ।

कहिले मने मने भन्छ
म्याँ गर्दै आउँछन् ।

कहिले हा गर्छ
भुर्र उड्छन् ।

कहिले चोइ चोइ गर्छ
चुइँचुइँ गर्दै पुच्छर हल्लाउँदै धाउँछन् ।

कहिले धर् गर्छ
त्यही पुच्छर लुकाएर निहुरिन्छन् ।

रातरातभर बर्बराउँछ
दिनदिनभर लर्बराउँछ ।

कहिले सदनमा हराउँछ
कहिले सडकमा कराउँछ ।

मलद्वारबाट सुन निकाल्ने मान्छे उमार्योय
चोक चोक र अड्डा अड्डामा भान्छे उमार्योा
सुन निलाएर हुन्छ कि गुनले गलाएर हुन्छ कि
मान्छे किन्छ, मान्छे नै बेच्छ
कहिले मान्छेलाई कन्टेनरमा खाँदेर बेच्छ
कहिले जहाजमा बाँधेर बेच्छ
आयोग बनाएर बेच्छ, प्रतिवेदन जमाएर बेच्छ
बेच्न त जानेकै हो, विना लगानी कमाएर बेच्छ ।

यता देश डुब्ला है भनेर सचेत गराउँछ
उता तरह तरहका कानून बनाएर अचेत बनाउँछ ।

यता विकास रोकेर बेरोजगार बनाएर बेच्छ
उता निकास देखाएर रहर जगाएर बेच्छ
कहिले बाध्य त कहिले तम्तयार बनाएर बेच्छ
कहिले जोडेर त कहिले जर्दी कटाएर बेच्छ ।

आफ्ना अघि भिडेका, आफ्ना पछि हिँडेका
कहिले देशको अवस्था देखाउँछ कहिले बिग्रँदो व्यवस्था देखाउँछ
समय मिलाएर सबलाई कुनै न कुनै बहानामा बेच्छ
तरह तरहका कानून बनाएर मान्छे बेच्छ
सस्तो मस्तोमा कोही खाडी पुर्योएर बेच्छ
अली महंगोमा युरोप अमेरिका लगेर बेच्छ

दशैंका खसीलाई दाना खुवाएर मोटो बनाएजस्तो
भर्तिकेन्द्रहरूमा मान्छे पालेर खाइलाग्दो बनाउँदैछ
निगमदेखि आयोगसम्म अघौंची चारा हालिरहेको छ
सदनदेखि सरकारसम्म हुँडारहरू पालिरहेको छ ।

अघिपछि लाग्छन् स्याल, सिनो हाली चराउँछ
लेख्ने बोल्नेका विरुद्ध कानून देखाई कराउँछ ।
खसीको हुलमा कुकुर खाँदेर बेच्छ
खसीकै टाउको देखाएर बाख्रीको मासु बेच्छ
लोभ देखाएर बेच्छ लालच देखाएर बेच्छ
बुढा बाआमा अनी दुधे बालक देखाएर बेच्छ
कहिले बाध्य त कहिले आज्ञार्थी बनाएर बेच्छ
आजकाल हुलका हुल मान्छे शरणार्थी बनाएर बेच्छ ।

०००
मनहरी-५, मकवानपुर
आवद्धताः सहसचिव, सिस्नुपानी नेपाल मकवानपुर
सम्पर्कः ९८४५१६४२२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x