साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पृथ्वीलोक

नारद मुनिले पृथ्वी लोकबाट बोकेर लगेको मानवरूपी एउटा आकृति अगाडि सार्दै भने,‘ल लिनुस् यो यन्त्र मानव । मान्छेले बनाएको यो मान्छेभित्र ती बैगुनहरू छैनन् प्रभु !’

Nepal Telecom ad

मैले यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइन । कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू ?

पृथ्वीलोक निवासी मान्छेहरूको बदलिंदो रूप र चरित्र देखेर ब्रह्माजी अचम्म मान्दै नारदजीलाई बोलाएर तुरुन्तै आदेश दिए,
‘हे नारद! भूलोक गएर एउटा यस्तो मान्छेलाई खोजेर लिएर आऊ जो स्वार्थी, बैगुनी, धूर्त, कुटिल केही नभएको होस् ।’

– हस् प्रभु !

आज्ञा शिरोपर गर्दै नारदमुनि पृथ्वी लोक हानिए ।

चारैतिर चाहारे। देवदेवालय, अड्डा, अखडा, मन्त्रालय, न्यायालय सबैतिर धाए। जताततै धूर्त, चोर र फटाहाहरू मात्र भेटे ।

प्रत्येक मनुवाको मन, मुटु र नाडी छामे। सबै बैगुनी, स्वार्थी र कठोर मात्रै देखे। एउटा पनि गुण भएको मान्छे भेट्न सकेनन् र निराश भएर पृथ्वी लोकबाट फर्किए ।

ब्रह्माजीले नारद मुनिलाई निराश देखेर सोधे, ‘खै त नारद मान्छे ?’

-कोही छैन प्रभु! हजुरले बनाउनुभएको मान्छेमा त खोटै खोट मात्र रहेछ । एउटै पनि गुण रहेन छ !

नारद मुनिले पृथ्वी लोकबाट बोकेर लगेको मानवरूपी एउटा आकृति अगाडि सार्दै भने,‘ल लिनुस् यो यन्त्र मानव । मान्छेले बनाएको यो मान्छेभित्र ती बैगुनहरू छैनन् प्रभु !’

०००
हेटौंडा-४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x