साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ खा खा !

लौ खा खा दुहिता सुपुत्र जननी आफन्त बौलाउने लौ खा खा नर दुष्ट खा नगर खा सङ्ग्राम मौलाउने लौ खा खा अझ खा खसी सकल खा भेडा बना अन्तरे लौ खा खा पर जा उडेर घर जा नेपालवादी मरे !!

Nepal Telecom ad

धनराज गिरी

लौ खा खा तनखा ल खा घुस थपी खा खा अघा बेसरी
लौ खा खा तँ न खा सखा मुलुक यो जाग्ने अरे केशरी !
लौ खा खा ल बजेट खा घर सजा कुम्ल्याउने काम हो
लौ खा खा ढुकुटी भनेर सुकुटी काङ्ग्रेस हो,वाम हो !!

लौ खा खा घर खा मिलेर वन खा बेचेर खा रीत यो
लौ खा खा नर खा ल खा सुन सखा आफन्त खा गीत यो
लौ खा खा कविता कथा गजल खा सारा खरानी बना
लौ खा खा सविता शशी गगनको धानेर आलोचना !

लौ खा खा सरिता नदी बगर खा माटो र बाटो ल खा !
लौ खा खा भविता पिता र जननी पुस्ता नयाँ घात खा !
लौ खा खा ईतिहास खा विगतको भूगोल खा टन्न खा !
लौ खा खा सब शब्द अर्थ गहिरो साहित्यको अन्न खा !

लौ खा खा अवतार खा हरि बनी दाता विधाता बजा !!
लौ खा खा अपकार कर्म बुझियो लोभी ल खा शैलजा !
लौ खा खा अब खा लुटेर शव खा खारा बना देश यो !
लौ खा खा रम खा अटेर कम खा भाषा ल खा भेष यो !!

लौ खा खा दुहिता सुपुत्र जननी आफन्त बौलाउने
लौ खा खा नर दुष्ट खा नगर खा सङ्ग्राम मौलाउने
लौ खा खा अझ खा खसी सकल खा भेडा बना अन्तरे
लौ खा खा पर जा उडेर घर जा नेपालवादी मरे !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x