साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्ध रचनावाचनको छैटौं दिन

कार्यक्रममा १४ सर्जकहरूको रचना वाचन भयो । मिथिला अधिकारी, अनिल अधिकारी, सुदीपराज गिरी, शम्भुप्रसाद बाँसकोटा, शान्ति प्रियवन्दना, संप्रस पौडेल, सानु खनाल, हरि पौड्याल, मीनप्रसाद लामिछानेका साथै स्थानीय सर्जकहरूले रचना वाचन गर्नुभयो ।

Nepal Telecom ad

हेटौँडा, ०८० जेठ ५ । भ्रष्टाचारविरूद्ध रचनावाचनको छैठौं दिन हेटौँडामा रचना वाचन कार्यक्रम गरिएको छ ।

हेटौँडा- ८ कमानेमा अयोजित कार्यक्रममा १४ सर्जकहरूको रचना वाचन भयो । मिथिला अधिकारी, अनिल अधिकारी, सुदीपराज गिरी, शम्भुप्रसाद बाँसकोटा, शान्ति प्रियवन्दना, संप्रस पौडेल, सानु खनाल, हरि पौड्याल, मीनप्रसाद लामिछानेका साथै स्थानीय सर्जकहरूले रचना वाचन गर्नुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष राम थापाले आफू भ्रष्टाचार नगर्ने हुँदा यत्तिका चोटिला कविताले पनि आफूलाई कतै नघोचेको बताउनु भयो । साथै सर्जकहरूको साथमा आफू पनि रहेको बताउँदै आफ्नो क्षेत्रमा कार्यक्रम भएकोमा धन्यवाद दिनुभयो ।

सर्जक सञ्जाल मकवानपुरद्वारा आयोजित सप्ताहव्यापि कार्यक्रम मकवानपुरका सबै साहित्यिक संस्थाका सहभागितामा हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानमा रचना वाचन भैरहेका छन् ।

कार्यक्रममा स्थानीय, यात्रुहरू, शिक्षक, विद्यार्थी तथा मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहँदै आएको छ ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा छैठौं दिन यस कार्यक्रम भएको हो ।

यस अभियानको अन्तिम कार्यक्रम बुद्ध चोक हेटौँडामा शनिबार बेलुका ४ः०० बजे हुने सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिलले बताउनुभयो ।

कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

आजको कार्यक्रम सर्जक विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको हो ।

०००
संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x