साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा

खायो जङ्गल मासियो जडिबुटी खायो सबै सिर्जना । खोजी गर्न दगुर्छ हेर्छ बबुरो भेट्दैन आफ्नो पना ॥ कुर्ली न्याय समानता र समता भन्दै यहाँ जुट्नुछ । खाने पेट अजङ्गका थरिथरी जुट्दै सबै फोड्नुछ ॥

Nepal Telecom ad

छविलाल आचार्य

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

खा खा खा अझ खा, जमिन जल यो उधोग धन्दाहरू ।
झुक्याई निमुखा, अबोध जनता बैह्रा र अन्धाहरू ॥
निल्छस रे ! कहिले जहाजहरू नै निल्छस् अनेकौँ कुरो ।
खान्छस् घुस कतै, कमीसनहरू बन्छस् सधैं नै सुरो ॥१॥

होली वाइन खा विनास वनको गैँडा भयो तस्करी ।
खानेका हुल बड्छ आज किन हो ? बड्दैछ रे लस्करी ॥
खायो लुत्त बिदेशमा कतिजना बेचेर चेली अनी ।
खाइस् कागज जूट मील कपडा खाइस् जहाँँ जे पनि ॥२॥

बाटा मा अलकत्र खान्छ कहिले गिट्टी र ढुङ्गाहरू ।
खाई मस्त डकार्दछन् घरिघरी हाम्रा लफुङ्गाहरू ॥
आमाका धमनी सिरा नद नदी बेचे हसुर्दै मरे ।
सीमा स्तम्भ टुट्यो न बोल्छ कहिल्यै आपत् विपत्मा परे ॥३॥

घाऊ छन् जनयुद्धका जहरिला खाटा अझै छन् कतै ।
लापत्ता कति छन् विना कसुरका घाटा अझै छन् कतै ॥
खा खा खा अझ खा चुसेर पसिना निर्धा जनाका हदै ।
सोझा बोल्न डराउने निरीह जनका त्यागी पनाका अझै ॥४॥

हड्डी फ्याँक्छ उता, छ ङ्यार्ङुर यता झम्टन्छ कुत्ता सरि ।
आमा छट्ट र पट्ट छिन्, घरिघरी पिंडा अनेकौँ थरी ॥
खा खा खा अझ खा सुवणर्हरू जो भन्सारमा भेटिए ।
मांसाहार बनेर वैश्णव सरी बन्ने सबै निस्किए ॥ ५

खायो जङ्गल मासियो जडिबुटी खायो सबै सिर्जना ।
खोजी गर्न दगुर्छ हेर्छ बबुरो भेट्दैन आफ्नो पना ॥
कुर्ली न्याय समानता र समता भन्दै यहाँ जुट्नुछ ।
खाने पेट अजङ्गका थरिथरी जुट्दै सबै फोड्नुछ ॥

०००
पोखरा- १६, कास्की
९८४६०४२८१८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x