साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमाउने कि समाउने ?

बारुद-बन्दुक ल्याउन थाले, छोड्ने हो कि समाउने ? समझदारी खोइ यसमा, कसले कति कमाउने ? त्यत्रो जहाज लगे तिनले फुट्या कौडी नदिइकन ! आऊन् फेरि किन छोड्थ्यौँ पहिल्यै पैसा नलिइकन !

Nepal Telecom ad

चट्याङ मास्टर :

उहिले ‘गौचरन’ भन्थे, अहिले भंसार भन्दछन्,
उहिले गोरु अघाउने ठाउँ, अहिले मान्छे अघाउँछन् !
चर्ने ठाउँ भयो चोर्ने, दुधालु गाई तस्करी,
समात्नेले कमाउने र छोडाउनेले जोड्ने बस्करी !

भन्सारमा चरेस, सुन, डलर हेर्थ्यो, कमाउँथ्यौँ !
समझदारीअनुसार छोड्थ्यौँ या त समाउँथ्यौं !
बारुद-बन्दुक ल्याउन थाले, छोड्ने हो कि समाउने ?
समझदारी खोइ यसमा, कसले कति कमाउने ?

त्यत्रो जहाज लगे तिनले फुट्या कौडी नदिइकन !
आऊन् फेरि किन छोड्थ्यौँ पहिल्यै पैसा नलिइकन !

०००
बत्तिसपुतली, काठमाडाैं

 

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

भव्य ब्यंग्य!!

Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
1
0
Would love your thoughts, please comment.x
()
x