साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याऊँ–पत्याऊँ लाग्छ

ढाँट्न हुँदैन कसैले भनेको छ र ? संविधान, नियम, कानुनमा कतै त्यस्तो लेखेको छ र ? जति ठूलो पद र प्रतिष्ठा उति ठूलो फटाहा कुरो सुनाउँछ उसकै मान जोगाइ दिन पनि उसकै कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।

Nepal Telecom ad

चट्याङ मास्टर :

उफ्फ ! क्या फसाद ! नपत्याउँ भने आफ्नै नेता
पत्याउँ भने काम उता कुरो यता
कुनै दिन त जता कुरो उतै काम गर्ला जस्तो लाग्छ
त्यही आसले त उसका कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।

ऊ त्यत्रो फटाहा कुरा बोलेर पनि दङ्ग छ
त्यो सुनेर मात्रै पनि मेरो मन भरङ्ग छ
सबैले मेरा कुरा पत्याए ठानेर ऊ चैँ फुरुङ्ग छ
अनि भैगो बरु उसकै कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।

कति मेहनत र बुद्धि पुर्याएर उसले ढाँटेको छ
त्यसले गरेको त्यो मेहनत र बुद्धि देख्दा
त्यसमाथि टिठ लागेर आउँछ, दया जाग्छ
अनि घोसेमुन्टो लाएर त्यो बिचरालाई पत्याऊँ पत्याऊँ लाग्छ ।

थाहा छ झुटो बोल्दै छ, अब बोली नै सक्यो, गर्नु के ?
मान्छे त ठीक होइन नि, चुनाव उसैले जित्यो, भन्नु के ?
शक्तिमा उही छ, भक्त उसैका छन् बोली उसैको बिक्छ
त्यत्राले पत्याउँछन् भने म पनि उसैलाई पत्याऊँ पत्याऊँ लाग्छ ।

यता आफ्नो पेसामा मन लगाउन खोज्छु
ध्यान जति आसै आसमा उही फटाहाका कुराले तान्या छ
अब त नेताले मात्रै होइन कसैले पनि ढाँटेको सुन्यो कि,
सुनी नसक्दै भित्रैदेखि पत्याऊँ पत्याऊँ लाग्छ ।

नसुनु भने पनि सुन्न बाध्य पार्छ
बानी परेर होला, नेताकै कुरा सुन्न तलतल लाग्छ
उसैका समर्थकको ठूलो जमात देखेर दिक्क खाग्छ
बरु फटाइँ सिकाैँ र कुरो चैँ उसकै पत्याऊँ पत्याऊँ लाग्छ ।

ढाँट्न हुँदैन कसैले भनेको छ र ?
संविधान, नियम, कानुनमा कतै त्यस्तो लेखेको छ र ?
जति ठूलो पद र प्रतिष्ठा उति ठूलो फटाहा कुरो सुनाउँछ
उसकै मान जोगाइ दिन पनि उसकै कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।

फटाहा कुरा गर्न–सुन्न नपाएको दिन जीवन व्यर्थ लाग्छ
आऊ साथी कि म ढाँटौँला कि तिमी ढाँटेर जाऊ
कहिल्यै पूरा भएन जिन्दगीमा कसैलाई पत्याउने रहर
त्यही रहर पूरा गर्न पनि उसकै कुरा पत्याऊँपत्याऊँ लाग्छ ।

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x