साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौंमा ढलेश्वर

एकदिन ढलेश्वर हाइड्रो पावर भएर घरघरमा बिजुली भई बल्नुपर्छ लोडसेडिङ भन्ने जन्तु धेरै बस्यो मुलुकमा यो पनि राजसत्ता जस्तै चाँडै गर्ल्याम्म ढल्नुपर्छ ।

Nepal Telecom ad

घर घरबाट पसेर
कहिले सुत्त
खोलाबाट निस्कन्छौ
कहिले गाडी जाम पारी
फुत्त सडकमा निस्कन्छौ
हैन ए ढलेश्वर
किन यसरी रिसिन्छौ
कहिले त पाइप फुटाउँदै
खानेपानीमै मिसिन्छौ ।

तिम्रै नाममा कतिले डलर झार्या छन्
कतिले यसैमा चिट्ठा पार्‍या छन्
उनीहरू जति धेरै खान्छन्
उति धेरै बसाउँछन्
तिमी त खाली ठसठस गनाछौ
कहिले मूलबाटैमा ह्वात्त आउँछौ
कहिले घरकै धारामा ख्वात्त आउँछौ ।

कहिले नाला भएर बग्छौ
कहिले धारा भएर बग्छौ
कहिले त सानोतिनो बाढी भएर बग्छौ
हैन ए ढलेश्वर !
आफ्नै बाटो हुँदाहुँदै
हाम्रा नेताले बाटो बिराए जस्तो
मर्यादा मिच्ने काम कहिलेसम्म सक्छौ
आफ्नै बाटो सुलुलु जानु नि
किन मापसे जस्तो बेलाकुबेला बाटो छेक्छौं ?
कहिले गल्लीतिर बहकिन्छौ
बहिले चौकतिर छछल्किन्छौ
हैन ए ढलेश्वर !
किन सिधै खोलामा हाम नफालेर
ताल झैं टोलतिरै टल्किन्छौ ?
टुकुचा तिमीलाई पर्खिराछ
धोबीखोला तिमी बिना तड्पिराछ
बागमतीमा तिमी बाहेक अरु झर्दै झर्दैन
बिष्णुमती तिमी बिना एक बित्ता सर्दैन

त्यसैले अब
हे ढलेश्वर !
तिमीले नेताले जस्तो बाटो नबिराएर
सिधै खोलामा नै बग्नुपर्छ
एकदिन
ढलेश्वर हाइड्रो पावर भएर
घरघरमा बिजुली भई बल्नुपर्छ
लोडसेडिङ भन्ने जन्तु
धेरै बस्यो मुलुकमा
यो पनि राजसत्ता जस्तै
चाँडै गर्ल्याम्म ढल्नुपर्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x