साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजे !

Nepal Telecom ad

मलाई पनि अब फाटेको पेन्ट लाउँ जस्तो भो
रक र पपमा अँग्रेजी गीत गाउँ जस्तो भो
दायाँ र बायाँ कानमा फलामे कुण्डल झुण्ड्याएर
खुट्टा बजार्दै गिटार बजाउँ जस्तो भो
किनकि हिजो बजारमा
एउटा पठ्ठो
निकै उतर्सिएर
मलाई
बाजे ! भन्यो ।

कसो !
आँच ब्रो भन्दै हिनेपछि
बिरङ्गी सुज किनेपछि
पुठ्ठाभन्दा तल पेन्ट  सारेर
एउटा बाउला माथि एउटा तल झारेर
औंलाभरि बजारे औंठी पिनेपछि
कसको हिम्मत मलाई सुड्डो भन्ने
पिण्ड खाने उमेरको भनेर नगन्ने ?
मलाई पनि जिब्रो बटारेर भाका बनाउँ जस्तो भो
चुरोटको सुर्ती झारेर मडुवा भरी खाउँ जस्तो भो
झम्के रुमाल घाँटीमा बेरेर
हिन्दी र्याप सुनाउँ जस्तो भो
किनकि हिजो बजारमा
एउटा पठ्ठो
निकै उतर्सिएर
मलाई
बाजे !भन्यो ।

पाखुरामा त्रिसुल डामे झैं
टाटु बनाउँ जस्तो भो
समसाँझैं  मधुशालाबाट निष्किएर अलिअलि गनाउँ जस्तो भो
बिना हेल्मेट ट्राफिक छलेको सान दिएर
चार जाना चढेर दादागिरीको ट्याग लगाउँ जस्तो भो
ब्याक पकेटमा मोटो पर्स खाँदेर
हातमा दानेमाला बाँधेर
धूनी जगाउँ जस्तो भो
किनकि हिजो बजारमा
एउटा पठ्ठो
निकै उतर्सिएर
मलाई
बाजे ! भन्यो ।

अझै पनि आँतमा हिम्मत छ
गुजराँती भैंसीको दुध खाएको तागत छ
अझै पनि बारी खन्न सक्छु
स्तोत्रहरु कण्ठस्थ भन्नसक्छु
कम्प्युटरमा उस्तै औंला चलाउँछु
अन्ताक्षरीमा मै हुँ भन्नेलाई गलाउँछु
बाजा बजाउँछु
बगैंचामा फूल सजाउँछु
साहित्य र राजनीति बुझ्नसक्छु
धर्म दर्शन पर्गेल्न सक्छु
पठ्ठाहरु केही नजानी जान्नेभएका छन्
दारी पाल्दैमा
बुज्रुक भइन्छ भन्ने ठान्नेभएका छन्
बूढा हुँदैमा केही गर्न नसक्ने हुदैन
कपाल फूल्दैमा बाजे भनेर गनिदैन
पाली टोपी पछाडी फर्काउँ जस्तो भो
कपाल रङ्गाएर लर्काउँ जस्तो भो
किनकि हिजो बजारमा
एउटा पठ्ठो
निकै उतर्सिएर
मलाई
बाजे ! भन्यो ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x