सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फुटेको फर्सी

फर्सी फल्यो लहरामा, पहरामा भेट्ना भेट्नोलाई भेट्टाउन दौडेका छन् ठेट्ना । जताबाट हावा चल्यो पात उतै ढल्के बियाँ जति कमिसन खान निकै पल्के ।।

Nepal Telecom ad

फर्सी ठूलो चिरिएर चउरमा झर्‍यो
धेरै फर्सी फलाउनेलाई चिन्ता पर्‍यो ।
फर्सी फुट्यो, जुट्यो भन्छन् भेट्नो भेटिएन
कुहिएको फर्सी किन्दा भित्र हेरिएन ।।

बियाँ सबै चलेका छन् एम्.सी.सी. को चालमा
दुनियालाई पारेका छन् माकुराको जालमा ।
भेट्नोलाई भाँडेका छन् ठेट्नाहरू मिली
झिक्रामाथि देखिएनन् चमेली र बेली ।।

अर्गानिक फर्सी खेती मुलुकमा मासे
प्रकृतिमा नफलेका भए आसेपासे ।
पश्चिमको उज्यालोमा भाले-पोथी बासे
आफ्नो कर्म, संस्कृति र धर्म पनि नासे ।।

गउँत र गोबरमा नहुर्केको बोट
भद्रगोल भण्डारमा थियो निकै खोट ।
कुहिएको फर्सी फुट्यो, फुट्नै पर्ने थियो
युरियाले मौलाएको फर्सी विनामियो ।।

धन्य ईश्वर ! हे परमेश्वरी
फर्सी किन सडेका यसोरी ?

२०७७, फागुन १४
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)