साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुटेको फर्सी

फर्सी फल्यो लहरामा, पहरामा भेट्ना भेट्नोलाई भेट्टाउन दौडेका छन् ठेट्ना । जताबाट हावा चल्यो पात उतै ढल्के बियाँ जति कमिसन खान निकै पल्के ।।

Nepal Telecom ad

फर्सी ठूलो चिरिएर चउरमा झर्‍यो
धेरै फर्सी फलाउनेलाई चिन्ता पर्‍यो ।
फर्सी फुट्यो, जुट्यो भन्छन् भेट्नो भेटिएन
कुहिएको फर्सी किन्दा भित्र हेरिएन ।।

बियाँ सबै चलेका छन् एम्.सी.सी. को चालमा
दुनियालाई पारेका छन् माकुराको जालमा ।
भेट्नोलाई भाँडेका छन् ठेट्नाहरू मिली
झिक्रामाथि देखिएनन् चमेली र बेली ।।

अर्गानिक फर्सी खेती मुलुकमा मासे
प्रकृतिमा नफलेका भए आसेपासे ।
पश्चिमको उज्यालोमा भाले-पोथी बासे
आफ्नो कर्म, संस्कृति र धर्म पनि नासे ।।

गउँत र गोबरमा नहुर्केको बोट
भद्रगोल भण्डारमा थियो निकै खोट ।
कुहिएको फर्सी फुट्यो, फुट्नै पर्ने थियो
युरियाले मौलाएको फर्सी विनामियो ।।

धन्य ईश्वर ! हे परमेश्वरी
फर्सी किन सडेका यसोरी ?

२०७७, फागुन १४
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x