साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिस

फट्कारेर अङ्ग प्रत्यङ्ग अहंकारको धूलो झार्नुपर्छ नरिसाउँनु रिसाइसकेपछि मुखमात्रै के कालो बनाउँनु ?

Nepal Telecom ad

नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु
ओठ फर्फराउँनु पर्छ
जीउ थर्थराउँनु पर्छ
आँखा रातो हुनुपर्छ
कान तातो हुनुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ?

माथ्लो दाँतले बेस्सरी किचेर तल्लो ओठ
छर्छरी रगत निकाल्नु पर्छ
तेस्का बाजेदेखि सत्तो फलाकेर
सरापका थाङ्ग्रा हाल्नुपर्छ
मुठ्ठी बटार्नुपर्छ
गोडा फार्नुपर्छ
फट्कारेर अङ्ग प्रत्यङ्ग
अहंकारको धूलो झार्नुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुखमात्रै के कालो बनाउँनु ?

म पनि त रिसाउँन खोजेकै त हो नि
कोप्र्याक पारेर दुनियाँलाई
आत्म संतुष्टिमा
बिसाउन खोजेकै त हो नि
के गर्नु
रिसाउँन पनि पावर हुनुपर्छ
हस हजुरको टावर हुनुपर्छ
त्यसैले रिसाउँने कुनै क्षमता छैन
मेरो जाबो रिसले आखिर क्यै लछार्दैन
तर पनि
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ?

चुनाव सकिएपछि
हार्ने को बजारमा रिसाउँने बात छ
भन्छन् आफूमाथि घात अन्तर्घात छ
शब्दमै मुक्का छ शब्दमै लात छहरू
रिसाउँ यार रिसाउँ
रिसकै चौतारीमा आफ्नू पिर बिसाउँ
टेबल ठोक्नुपर्छ
झोलमाल धोक्नुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x